You are currently viewing नेपालबारे अहिले कुनै टिप्पणी नगर्नु’ भन्दै भाजपाद्वारा आफ्ना नेता तथा कार्यकर्तालाई कडा निर्देशन
Photo : Narendra Modi fb

नेपालबारे अहिले कुनै टिप्पणी नगर्नु’ भन्दै भाजपाद्वारा आफ्ना नेता तथा कार्यकर्तालाई कडा निर्देशन

२६ भाद्र,२०८२ : भारतीय जनता पार्टी (भाजपा)ले आफ्ना नेता तथा कार्यकर्ता र सामाजिक सञ्जाल प्रयोगकर्तालाई नेपाल बारेमा कुनै टिका-टिप्पणी नगर्न निर्देशन दिएको छ।

Photo : Narendra Modi fb

यो निर्देशन त्यसपछि दिएको हो जब बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले ‘यदि नेपाल भारतको हिस्सा भएको भए शान्त र खुसी हुन्थ्यो’ भनेर बोलेका थिए। उनको उक्त भनाइपछि भाजपाले नेपाली जनस्तरमा भारतको सम्बन्ध बिग्रिने र भारत विरोधी भावना सिर्जना भएर थप क्षति पुग्न सक्ने आँकलन गर्दै आफ्ना पार्टी र सामाजिक सञ्जाल प्रयोग कर्तालाई यो आग्रह गरेको हो।

द प्रिन्टका अनुसार भाजपाका एक नेताले कडाइकासाथ निर्देशन दिएको भन्दै समाचार लेखेको छ। नेताको भनाइ उद्रित गर्दै द प्रिन्टले भन्यो ‘हाम्रा कुनैपनि केन्द्रीय मन्त्री, सांसद्, नेता, पदाधिकारी, प्रवक्ता तथा कोही पनि कार्यकर्ता र सामाजिक सञ्जला प्रयोगकर्ताहरुलाई नेपालसँग जोडिएको पछिल्ला घटना क्रम या टिप्पणीका नगर्नका लागि शख्त आदेश दिएका छौँ। जसको पालना गर्न जरुरी छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply