१४ भाद्र,२०८२ः नेपाललाई हराउँदै भारतले एक खेलअगावै भुटानमा चलिरहेको साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपको उपाधि जितेको छ । भारतले उपाधिमा ह्याट्रिक समेत ग¥यो । थिम्पुमा हिजो बेलुका भएको खेलमा नेपाल भारतसँग ५ गोलले पराजित भयो ।
प्रतियोगितामा अपराजित रहेको भारतको पाँच खेलमा १५ अङ्क भएको छ । उसले शीर्ष स्थानमा रहेर उपाधि जितेको हो । दोस्रो स्थानमा रहेको बङ्गलादेशको समान पाँच खेलमा १० अङ्क छ । हिजो बङ्गलादेश र भुटानले बराबरी खेल्दै अङ्क बाँडेका थिए ।

अब अन्तिम खेलमा भारत र बङ्गलादेश तथा नेपाल र भुटान खेल्नेछन् । नेपालको पाँच खेलमा तीन अङ्क र समान खेलमा भुटानको एक अङ्क छ । भारतले यसअघि सन् २०१८ र २०१९ मा साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?