You are currently viewing नेपालले दुइटै ओपनर गुमायो
Photo : CAN

नेपालले दुइटै ओपनर गुमायो

कार्तिक ४,धनगढी : अमेरीकाको ग्राण्ड पेरी स्टेडियम टेक्सासमा अमेरीका विरुद्ध दोश्रो टि२० आइ खेलमा नेपालले दुइटै ओपनर गुमएको छ । नेपालका लागि ओपनर आशिफ शेख ४ बलमा १ रन बनाएर आउट भएका हुन ।उनी सौरभ नेत्रवलकरको बलमा एलबी डब्लु धरापमा परे भने अर्का ओपनर अनिल शाह केन्जिगेको बलमा कट एण्ड बोल्ड भए । शाहले ३१ बलमा २ चौका र १ छक्काको मद्दतले २५ रन बनाए ।

Photo : CAN

पहिलो टि२० आइमा आशिफले अनिल शाहसँग ४८ रनको साझेदारी गरेका थिए । उनले २७ बलमा ४ चौकाको मद्दतले २७ रन नै बनाएका थिए ।
१२ ओभरको खेल सकिदा अहिले क्रिजमा कुशल भुर्तेलले रन ४१ बनाएर खेलिरहेका छन भने गुल्शन झा १५ रन बनाएर खेलिरहेका छन । अमेरीका विरुद्धको दोश्रो टि२० आइमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थियो । अमेरीकाको ग्राण्ड पेरी स्टेडियम टेक्सासमा नेपालका कप्तान रोहित पौडेलले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरे । ३ खेलको टि२० आइ सिरिजमा नेपालले पहिलो खेलमा अमेरीकालाई १७ रनले पराजित गर्दै सिरज १-० ले अगाडी छ । पहिलो टि२० आइमा कप्तान रोहित पौडेले ४९ रनको उत्कृष्ट पारी खेलेका थिए भने विश्व न २ अलराउण्डर दिपेन्द्र सिंह ऐरीले बलिङ तर्फ ३ विकेट चट्काएका थिए भने ब्याटिङ तर्फ २८ रनको पारी खेलेका थिए ।

एक दिवसियमा नेपाल र अमेरीका थुप्रैपटक आमुन्ने सामुन्ने भएपनि टि२० आइमा भने यो पहिलो सिरिज हो । ३ खेलको टि २० सिरिजको तेश्रो तथा अन्तिम खेल कार्तिक ५ गते हुनेछ । यो सिरज पछि नेपालले अमेरीकामै विश्व क्रिकेट डिभिजन लिन अन्तर्गत तेश्रो चरणमा स्कटल्याण्ड र अमेरीका विरुद्ध खेल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply