You are currently viewing नेपालसँगको मैत्रीपूर्ण फुटबल खेल खेल्न बङ्गलादेशको टोली आज काठमाण्डौ आइपुग्यो

नेपालसँगको मैत्रीपूर्ण फुटबल खेल खेल्न बङ्गलादेशको टोली आज काठमाण्डौ आइपुग्यो

१८भाद्र,२०८२ः नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको टोली आज काठमाण्डौ आएको छ । बङ्कलादेशी टोली दिउँसो ३ बजे नेपाल पुगेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । यी दुई टोलीले यही भदौ २१ र २४ गते त्रिपुरेश्वरको दशरथ रङ्गशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछन् ।

नेपालले यो मैत्रीपूर्ण खेलका लागि आफ्नो २३ सदस्सीय टोली घोषणा गरिसकेको छ । बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि तयारी पूरा भएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) ले जनाएको छ ।

यस्तै एन्फाले मैत्रीपूर्ण फुटबलका लागि टिकट मूल्यका बारेमा पनि जानकारी गराएको छ । टिकट मूल्य सामान्य पारापिटतर्फ पाँच सय र भीआईपी पारापिटतर्फ एक हजार रुपैयाँ एन्फाले निर्धारण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply