You are currently viewing नेपाल खेलकुद महासघंले धनगढीमा भलिबल प्रतियोगिता आयोजना गर्दै, विजेताले टिमले एक लाख पुरस्कर पाउने /@NepaliVolleyball

नेपाल खेलकुद महासघंले धनगढीमा भलिबल प्रतियोगिता आयोजना गर्दै, विजेताले टिमले एक लाख पुरस्कर पाउने /@NepaliVolleyball

जेष्ठ ४,धनगढी : धनगढीमा प्रथम नेकोस सुदूरपश्चिम स्तरिय भलिबल प्रतियोगिता आयोजना हुन लागेको छ । नेपाल खेलकुद महासघं सुदुरपश्चिम प्रदेशको आयोजनामा आगामी जेठ २९ देखी ३१ गतेसम्म भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो ।

 

आयोजक खेलकुद महासघं सुदुरपश्चिम प्रदेशले शनीबर धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो । तिन दिनसम्म धनगढी रगंशालामा प्रतियोगिता सञ्चालन हुने आयोजक खेलकुद महासघं सुदुरपश्चिमका अध्यक्ष प्रकाश कुमार चन्दले बताए ।

प्रतियोगिताको विजेतालाई नगद १ लाख  एक हजार १११, द्वितिय हुने टिमलाई ५१ हजार र तृतिय हुने टिमलाई ३१ हजार नगदसहित ट्रफी प्रदान गरिने जानकारी दिए । ‘प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिवरोलाई पाँच हजार नगद पुरस्कार प्रदान गरिने छ,’ चन्दले भने ।

अध्यक्ष चन्दका अनुसार प्रतियोगितामा जिल्लागत रुपमा टिम सहभागी गराइने र खेलाडी सम्बन्धित जिल्लाको हुनुपर्ने नियम बनाइएको छ । विभागीय टोलीलाई भने प्रतियोगितामा सहभागी नगराइने चन्दले जानकारी दिए ।

प्रतियोगिताको आयोजनाले सुदूरपश्चिमलाई भलिबलको माध्यमबाट राष्ट्रव्यापी रुपमा चिनाउन र सुदूरपश्चिमलाई भलिबल खेलको हवको रुपमा विकास गर्ने अभियानमा टेवा पुगाउने सहयोग पुग्ने चन्दको विश्वास छ । प्रतियोगितामा १०८ जना खेलाडी तथा प्रशिक्षक र १२ जना मान्यता प्राप्त रेफ्रीहरुको सहभागिता रहनेछ आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply