You are currently viewing नेपाल पुलिस क्लब एन्फा महिला लिगको ‘सुपर लिग’ चरणमा,यस्तो छ पोइन्ट टेबल

नेपाल पुलिस क्लब एन्फा महिला लिगको ‘सुपर लिग’ चरणमा,यस्तो छ पोइन्ट टेबल

असोज १९,धनगढी : नेपाल पुलिस क्लबले एन्फा महिला लिगअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा संकटा क्लबमाथि रोमाञ्चक जित निकालेको छ।

ललितपुरको सातदोवाटोस्थित एन्फा मैदानमा शुक्रवार भएको खेलमा पुलिसले संकटालाई २–१ गोलले हरायो। पुलिसको जितमा अनुस्का शेर्पा र समिक्षा घिमिरेल गोल गरिन। संकटाका लागि सेलिना अनिमाले सान्त्वना गोल फर्काइन।

जितसँगै पुलिस लिगमा तेस्रो बन्दै दोस्रो चरण ९सुपर लिग० मा प्रवेश गरेको छ। पुलिसले नौ खेलबाट २१ अङ्क बनायो। संकटा यसअघिनै लिगबाट बाहिरिएको छ। नौ खेलमा आठ अङ्क बनाएको संकटा तालिकाको सातौँ स्थानमा रह्यो।


नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीले भाग लिएका थिए। जसबाट सुपर लिगमा स्थान बनाउनेमा पुलिससँगै नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र कोशी प्रदेश रहेको छ।

यस्तो छ पोइन्ट टेबल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply