चैत्र २०,धनगढी : धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल)मा शानदार सुरुवात गरेको छ । प्रतियोगीतामा पहिलो खेल खेलको खेलेको धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । जितसँगै धनगढीले तीन अंक जोडेको छ । पहिलो पराजय व्यहोरेको बुटवलको दुई खेलबाट एक अंक छ ।

धनगढीलाई जित दिलाउन अहमद हिजाजीले दुई तथा कृतिशरत्न छुन्जु र सर्जियो बार्बोजाले समान एक गोल गरे । बुटवलका लागि कान्ता हेराले गोल फर्काए ।खेलको छैटौं मिनेटमा हिजाजीको गोलमार्फत धनगढीले अग्रता लिएको थियो । हाराले ३२औं मिनेटमा बुटवललाई बराबरीमा ल्याए ।मार्की खेलाडी कृतिशरत्नले ७५औं मिनेटमा गरेपछि धनगढी २-१ ले अगाडि बढ्यो ।

इन्जुरी समयमा हिजाजीले व्यक्तिगत दोस्रो गोल गर्दा धनगढीको अग्रता ३-१ मा पुग्यो । इन्जुरी समयमै बार्बोजाले गोल गर्दै धनगढीलाई ४-१ को सानदार जित दिलाए । धनगढी एफसी अघिल्ला दुई संस्करणको उपविजेता टोली हो ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?