You are currently viewing नेपाल स्कटल्यान्डसँग झिनो अन्तरले पराजित,सुपर सिक्सको सम्भावना लगभग समाप्त /@U19WorldCup2025

नेपाल स्कटल्यान्डसँग झिनो अन्तरले पराजित,सुपर सिक्सको सम्भावना लगभग समाप्त /@U19WorldCup2025

माघ ७,धनगढी : आइसिसी महिला यु–१९ ट्वान्टी २० विश्वकपमा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ । सोमबार मलेसियाको वाइएसडी युकेएम ओभलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भयो ।नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा नौ विकेट गुमाएर पूरा गर्‍यो। योसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त भएको छ। समूह डी मा अस्ट्रेलियाले दुई खेलबाट चार अंक पुर्‍याएको छ। बंगलादेश र स्कटल्यान्डको समान दुई अंक छ। नेपाल भने अंकविहीन छ।

स्कटल्यान्डकी पिप्पा स्प्रौलले सर्वाधिक ३५ रन बनाइन्। ४७ बल खेलेका उनले तीन चौका प्रहार गरिन्। गेब्रिएला फन्टेनलाले अविजित रहँदै १२ रन बनाइन्। अन्यको ब्याटिङ भने राम्रो हुन सकेन।नेपालका रचनाकुमारी चौधरी र सिमना केसीले समान दुई विकेट लिइन्। पूजा महतो र कृष्मा गुरुङको नाममा समान एक विकेट रह्यो।

दोस्रो पटक विश्वकपममा सहभागिता जनाइरहेको स्कटल्यान्डको यो पहिलो जित हो । नेपाल आफ्नो पहिलो खेलमा बंग्लादेशसँग पराजित भएको थियो ।

Photo : ICC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply