You are currently viewing पूजा आइसिसी यु–१९ महिला विश्वकपको ‘उत्कृष्ट १२ भित्र अटाउने एसोसिएट राष्ट्रकी एक मात्र खेलाडी /@PujaMahato

पूजा आइसिसी यु–१९ महिला विश्वकपको ‘उत्कृष्ट १२ भित्र अटाउने एसोसिएट राष्ट्रकी एक मात्र खेलाडी /@PujaMahato

माघ २२,धनगढी : नेपाली यु१९ टोलीकी कप्तान तथा राष्ट्रिय टोलीकी अलराउन्डर पूजा महतो आइसिसी यु–१९ महिला विश्वकपको ‘उत्कृष्ट १२ अर्थात टिम अफ द टुर्नामेन्ट’ मा अटाएकी छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० ले सोमबार घोषणा गरेको १२ खेलाडीमा पूजा पनि समावेश भएकी हुन्। उनी टोलीमा पर्ने एसोसिएट राष्ट्रकी एक मात्रै खेलाडी हुन्। टिम अफ द टुर्नामेन्ट’मा भारतका चार, दक्षिण अफ्रिकाका तीन, इङ्ल्यान्डका दुई तथा अस्ट्रेलिया, नेपाल र श्रीलंका समान एक खेलाडी अटाएका छन्। यसवर्षको उपाधि भारतले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई नौ रनले पराजित गर्दै भारत पुनः एकपटक विश्वविजेता बनेको थियो ।

पूजाको कप्तानीमा नेपालले पहिलोपल्ट विश्वकपमा सहभागिता जनाएको थियो। नेपालले समूह चरणका तीनै खेल गुमाउँदै सुपर फोरमा पुग्न असफल भयो। प्लेअफमा भने नेपालले आयोजक मलेसियालाई पराजित गरेको थियो। नेपाली टोलीको सुपर फोरमा पुग्ने लक्ष्य पूरा नभए पनि पूजाको व्यक्तिगत प्रदर्शन उत्कृष्ट रह्यो। उनले प्रतियोगिताभर १४.३ ओभर बलिङ गरिन्। यस अवधिमा उनले एक मेडनसहित ६३ रन मात्र खर्चेर नौ विकेट लिएकी हुन्। उनको बलिङ औसत सात र इकोनोमी दर ४.३४ रह्यो।

उनले मलेसियाविरुद्ध मात्र ३.५ ओभर बलिङ गर्दै नौ रन खर्चेर चार विकेट हात पारिन्। प्रतियोगिताभर यो उनको व्यक्तिगत उत्कृष्ट प्रदर्शन रह्यो। यस्तै, उनले ब्याटिङतर्फ चार खेलमा ७० रन बनाएकी थिइन् । यसक्रमा उनले २३.३३ को औषत र ५१.८५ को स्ट्राइक रेट राखेकी थिइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply