१८ श्रावण,२०८२ : साफ महिला यु–२० च्याम्पियनसिपमा १० गोल गर्दै शीर्ष स्कोरर बनेकी नेपाल यु–२० राष्ट्रिय टिमकी फरवार्ड पूर्णीमा राई संकटा क्लबमा अनुबन्धित भएकी छन्।

आगामी एन्फा महिला लिग छनोटका लागि संकटाले उनलाई टोलीमा भित्र्याएको हो। साफ च्याम्पियनसिपमा पूर्णीमाले दुई ह्याट्रिकसहित १० गोल गरेकी थिइन्। सोही टिमका ६ खेलाडी संकटामा आबद्ध भइसकेका छन्। यसले संकटाको टोली यस सिजन निकै प्रतिस्पर्धी बन्ने संकेत दिएको छ। एन्फा महिला लिग छनोट प्रतियोगिता भदौ २९ गतेदेखि ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सुरु हुँदैछ। यसपटक संकटाले युवास्तरका उत्कृष्ट खेलाडीहरूलाई भित्र्याउँदै शीर्ष स्थानको लागि चुनौती दिने संकेत देखाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?