You are currently viewing प्याब्सन सुदूरपश्चिम प्रदेशको टोलीमा पर्न सफल विद्याभुषणका खेलाडि विज्ञान बोहोराको बिदाई

प्याब्सन सुदूरपश्चिम प्रदेशको टोलीमा पर्न सफल विद्याभुषणका खेलाडि विज्ञान बोहोराको बिदाई

नीजि तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सनको आयोजनामा हुन गैरहेको यु-१५ प्याब्सन क्रिकेट लिगका लागि सुदूरपश्चिम प्रदेशको टोलीमा पर्न सफल विद्याभुषण पब्लिक स्कुलका खेलाडि विज्ञान बोहोराको बिदाई गरिएको छ । सोमबार विद्यालयको प्रांगणमा संस्थापक प्रिन्सिपल डिकेन्द्र जंग कुँवरले बोहरालाई टिका माला लगाउँदै बिदाई गरेका हुन ।

विद्याभुषणमा कक्षा ७ मा अध्ययनरत बोहोराले गत पौषमा विद्यालयले जितेका तीन ओटा उपाधिमा महत्वपूर्ण प्रर्दशन गरेका थिए । उनी पछिल्लो समय उत्कृष्ट लयमा रहेका खेलाडी हुन । प्रदेशको टोलीमा आफ्नो विद्यालयको खेलाडी पर्नु विद्यालयका लागि निकै गर्वको विषय रहेको भन्दै संस्थापक प्रिन्सिपल कुँवरले विज्ञानले राम्रो प्रर्दशन गर्नेमा आशावादी रहेको बताए ।

टोलीमा विज्ञानसँगै अनिल रावत,नरेश सुनार,आगेन्द्र साउँद,धिरेन्द्र न्यौपाने,अंकित चन्द,सागर बिस्ट,आयुष सिंह पुजारा,विराट सिंह,सुदर्शन पन्त,निरज भट्ट,सुरज खडायत,निरज भट्राई र मनोज चन्द छनोट भएका छन । वैकल्पिक खेलाडि रोयल ढकाल,विशाल चन्द,विवेक साउँद र आदर्श थापा रहेका छन ।

सुदूरपश्चिम प्रदेशले माघ २८ गते बाग्मती प्रदेशसँग खेल्दै प्रतियोगीताको सुरुवात गर्नेछ । त्यस्तै माघ २९ गते मधेश प्रदेश र फाल्गुन ४ गते कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

यही माघ २८ देखि फागुन ६ सम्म तल्लो मूलपानी मैदानमा प्रतियोगिता आयोजना गरिने आयोजक प्याब्सन काठमाडौंले जनाएको छ । टि ट्वान्टी–२० फम्र्याटमा हुने प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइने छ । त्यसमा आठ टिमले प्रतिस्पर्धा गर्नेछ । सात प्रदेशको टोली र आयोजक टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । हरेक खेलका म्यान अफ द म्याच खेलाडीले २ हजार ५ सय, उत्कृष्ट ब्याटर र बलरले जनही ५ हजार तथा सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका संयोजक धनबहादुर पुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply