You are currently viewing प्रधानमन्त्री कपको सुपर फोर समिकरण पूरा : बाग्मती र आर्मी सुपुर फोरमा पुग्दा कोशी प्रतियोगीताबाट बाहिरियो

प्रधानमन्त्री कपको सुपर फोर समिकरण पूरा : बाग्मती र आर्मी सुपुर फोरमा पुग्दा कोशी प्रतियोगीताबाट बाहिरियो

माघ ८,धनगढी : बाग्मती प्रदेश, धनगढीमा जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेका छन् । मंगलबार सम्पन्न दोस्रो खेलमा मधेस प्रदेशलाई ७ विकेटले हराएर समूह बी को उपविजेताको रूपमा बाग्मती सुपर ४ मा पुगेको हो । जितका लागि पाएको ४१ रनको लक्ष्य बाग्मतीले ६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। जसमा यसु पाण्डेले सर्वाधिक १९ रन जोडिन्। बलिङमा मधेसका लागि रोजी कडारीले २ विकेट झारिन्।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको मधेस १५.५ ओभरमा ४० रनमा अलआउट भयो। मधेसका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बाग्मतीका लागि प्लेयर अफ द म्याच समेत भएकी कप्तान कञ्चन श्रेष्ठले ४ विकेट हात पारिन्।

 

यसअघि आजै भएको पहिलो खेलमा कोशी प्रदेशमाथि ९ विकेटको शानदार जित दर्ता गर्दै त्रिभुवन आर्मी क्लब समूह विजेताको रूपमा सुपर ४ मा पुगिसकेको छ। समूह बी मा रहेको कोशी र मधेस भने प्रतियोगिताबाट बाहिरिसकेका छन्। लगातार दुइ खेलमा जिते दर्ता गरेपनि रनरेटमा पछाडि पर्दा उपाधि दाबेदार मानिएको कोशी प्रदेश समूह चरणबाटै बाहिरिएको हो ।

उता समूह ए बाट एपीएफ विजेता र सुदूरपश्चिम उपविजेता भएर सुपर ४ मा सुरक्षित भइसकेका छन्। माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ। प्रतियोगिताको उपाधि जित्नेले ५ लाख, दोस्रो हुनेले ३ लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/२५ हजार पुरस्कार दिइनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply