You are currently viewing फाइनलका लागि तयार छ नेपाल,रंगशालामा झण्डै १२ हजार दर्शक

फाइनलका लागि तयार छ नेपाल,रंगशालामा झण्डै १२ हजार दर्शक

कार्तिक १४,धनगढी: सातौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल खेल्न घरेलु टोली तयार रहेको छ । खेल सुरु हुनु अघि नै रंगशालामा दर्शकहरु खचाखच भरिसकेका छन । दशरथ रंगशालामा अब ठिक ६ : ३० बजे फाइनल खेल सुरु हुन गैरहेको छ । पाहुना टोली बंग्लादेशले नेपाललाई कडा टक्कर दिने अनुमान गर्रिएको छ । बंग्लादेशले सेमिफाइनमा भुटानलाई ७ / १ गोलले पराजित गर्दै फाइनलको टिकट काटेको थियो भने नेपालले ५ पटकको च्याम्पियन भारतलाई टाइब्रेकरमा ४ / २ ले हराउँदै फाइनल पुगेको हो ।

२०१० मा सुरु भएको साफ महिला च्याम्पियनसिपका सबै संस्करण खेलेको नेपाल ६ पटक फाइनल पुगेपनि अहिलेसम्म उपाधि जित्न सकेको छैन । त्यस्तै १९९३ मा सुरु भएको पुरुष साफ च्याम्पियनसिप फुटबलको उपाधि पनि नेपालले जित्न सकेको छैन । प्री म्याच कन्फ्रेन्समा नेपाली कप्तान एन्जिलाले यसपटक पनि हामीले उपाधि जित्न सकेनौं भने हामीलाई यस्तै अवसर आउन अझै ५ /  १० वर्ष लाग्ने बताएकी छिन । आशा गरौं यसपटक घरेलु टोली उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ र घरेलु मैदानमा उपाधि रक्षा गर्दै इतिहास रच्नेछ नेपाली टिमलाई हाम्रो पनि शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply