You are currently viewing फाप्ला मैदान समयमै बन्नुपर्छ क्यान अध्यक्ष : चन्द ( भिडियो सहित ) /@ChaturBahadurChand /@Fapla

फाप्ला मैदान समयमै बन्नुपर्छ क्यान अध्यक्ष : चन्द ( भिडियो सहित ) /@ChaturBahadurChand /@Fapla

पौष १२,धनगढी :नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले निर्माणको चरणमा रहेको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेल मैदान निर्धारित समयमै बन्नुपर्ने बताउनुभएको छ । बिहिबार स्थलगत निरिक्षण गर्दै अध्यक्ष चन्दले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानको प्रक्रियागत रुपमा काम अगाडी बढेपनि दोश्रो मुलपानी हुन्छ कि भन्ने चिन्ता हो,नेपाली क्रिकेट विश्वव्यापी रुपमा जबरजस्त तरिकाले परिचित भएको बेला हामीले भौतिक पूर्वाधारमा लगानी गर्न नसके फेरी तल पर्छौ त्यसैले राज्यले जिम्मेवारी दिएका संयन्त्रहरुले पनि इमानदारपूर्वक काम गर्नुपर्ने बताउभयो । उहाँले सुदूरपश्चिम क्रिकेटको उर्बरा भूमि भएपनि एउटा पनि टर्फपिच सहितको क्रिकेट मैदान नहुँदा यहाँका खेलाडीले सास्ती भोग्नु परेको बताउनुभएको छ । अध्यक्ष चन्दले नेपाली क्रिकेटमा सबैभन्दा बढी योगदान सुदूरपश्चिमले दिने अनि पूर्वाधारमा राज्यले हामीलाई जहिल्यै ठग्ने प्रवृति ठिक नभएको बताउनुभयो ।

 

फाप्ला मैदान समयमै बन्छ विकास समितिका अध्यक्ष शाही

त्यस्तै फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास विक्रम शाहीले राज्यले आफूलाई दिएको जिम्मेवारी समयमै पूरा गर्न कटिबद्ध भएर लागिरहेको बताउनुभएको छ । बिहिबार फाप्लामा स्थलगत निरिक्षणमा आउनुभएका नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दलाई अहिलेम्मको प्रगति सुनाउँदै अध्यक्ष शाहीले भौतिक संरचना भन्दा पहिलेको महत्वपूर्ण चरण डिपिआर समयमै तयार गरेर नेपाल सरकारको सम्बन्धित निकाएमा पेश गरिसकेको र इआए पनि अप्रुबलको प्रक्रियामा रहेकाले त्यो अप्रुबल हुने बित्तिकै निर्माणको चरणमा जाने बताउनुभएको छ । उहाँले फाप्लाकै लागि भनेर ४१ बिगाह जग्गा प्राप्तिमा लामो समय खर्चिनु परेको भन्दै अबभने फाप्ला बन्नबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

सरकारले २ वर्षअघि युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहनेगरि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा नियुक्त गरेको थियो । फाप्ला खेलग्राम पूर्वाधार निर्माणका लागि करिबन १० अर्ब लागत अनुमान गरिएको छ । स्वायत्त यो निर्माण विकास समितिलाई निर्माण कार्य सम्पन्न गर्न ५ वर्षको समायावधि तोकिएको छ । करिबन २ वर्ष सकिएको यो निर्माण विकास समितिको अब ३ वर्ष बाँकी रहेको छ ।

 

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दसँगको अन्तर्वाताका लागि यता क्लिक गर्नुहोला

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply