You are currently viewing फेक आइडीदेखि मिडिया ट्रायलसम्मः सर्वोच्चले जारी गर्यो कडा निर्देश

फेक आइडीदेखि मिडिया ट्रायलसम्मः सर्वोच्चले जारी गर्यो कडा निर्देश

३भाद्र २०८२ः सामाजिक सञ्जालको दुरुपयोग रोकथाम र पत्रकारितामा मर्यादा कायम गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ। अदालतले सामाजिक सञ्जाल र मिडियाको गतिविधि नियन्त्रण र नियमन गर्न सरकार तथा सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको हो।
‎अदालतको आदेश अनुसार नेपालमा दर्ता भएका सामाजिक सञ्जाल मात्र प्रयोग गर्न दिने व्यवस्था मिलाउनुपर्नेछ। फेक आइडी, चरित्रहत्या तथा दुरुपयोग रोक्नका लागि ठोस कानुन निर्माण गर्नुपर्ने निर्देशन समेत दिएको छ।
‎त्यसैगरी, कन्टेन्ट नियमन, अनुगमन र आवश्यक कारबाहीको दायरामा ल्याउनुपर्ने अदालतको आदेशमा उल्लेख छ। अभिव्यक्ति स्वतन्त्रता संवैधानिक सीमाभित्र रहनुपर्ने र यसलाई गलत उद्देश्यका लागि प्रयोग गर्न नदिइने अदालतको स्पष्ट धारणा छ।
‎फैसलाअघि वा पछि मिडिया ट्रायल गर्नु अदालतको अवहेलना मानिने विषयमा अदालतले सावधानीपूर्वक संकेत गरेको छ। अदालतको अवहेलनामा हदम्याद लागू नहुने भन्दै प्रेसलाई सीमा बुझ्न अवगत गराइएको छ।
‎सामाजिक सञ्जाल प्रयोगकर्तालाई जवाफदेही बनाउन नियमनका कदम चाल्नुपर्नेमा अदालतले जोड दिएको छ। साथै, प्रेस काउन्सिललाई पत्रकारलाई मर्यादित र जिम्मेवार बनाउन तालिम सञ्चालन गर्न निर्देशन दिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply