You are currently viewing बाढीको जोखिमः सुदूरपश्चिमसहित २३ जिल्लामा सतर्कता अपनाउन आग्रह

बाढीको जोखिमः सुदूरपश्चिमसहित २३ जिल्लामा सतर्कता अपनाउन आग्रह

१५श्रावण,२०८२ः सुदूरपश्चिमसहित देशभरका २३ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, रुकुम पश्चिम, जुम्ला, सुर्खेत लगायतका जिल्लामा बाढीको जोखिम देखिएको छ।

बाढीको जोखिम भएका र ती जिल्लाको आसपास बहने नदी तथा खोलातटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। लगातारको वर्षाका कारण नदीहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिम उच्च रहेको जनाइएको छ।

यसबाहेक, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशका थोरै स्थानमा पनि यस्तै मौसम देखिने अनुमान गरिएको छ। रातिको समय पनि मौसम उस्तै रहने जनाउँदै महाशाखाले आवश्यक सतर्कता अपनाउन सवारी साधन चालक, नदी किनारमा बसोबास गर्ने समुदाय तथा स्थानीय तहलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply