२८भाद्र,धनगढीःडोटी बालगृहबाट भागेर फरार रहेका १६ वर्षीय एक किशोरलाई अछाम प्रहरीले साँफेबगरमा नियन्त्रणमा लिएको छ ।
डोटी बालगृहबाट सोमबार भागेका किशोरलाई साँफेबगर प्रहरी चौकीले सोही ठाउँको हाटबजारबाट नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख ओमप्रकाश खनालले जानकारी दिए ।

दार्चुला ठेगाना भएका १६ वर्षीय किशोर कर्तव्य ज्यान मुद्दामा डोटी बालगृहबाट भागेर साँफेबगर पुगेका थिए । साँफेबगरमा हिँडिरहेको बेलामा प्रहरीले शङ्का मानेर सोधपुछका क्रममा नियन्त्रण लिइएको बताइएको छ । नियन्त्रणमा लिइएका किशोरलाई बाल सुधार गृह डोटीमा बुझाइ सकिएको अछाम प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक टेकबहादुर देउवाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?