१८ श्रावण,२०८२ : भारको उत्तर प्रदेश राज्यकको राजधानी लखनउ गोंडामा तीव्र गतिमा गुडिरहेको बोलेरो अनियन्त्रित भई सरयु नदीमा खस्दा ११ जनाको घटना स्थलमै मृत्यु भएको छ । जस मध्ये ९ जना एउटै परिवारका रहेका छन । बोलेरोमा १५ जना सवार थिए ।

बोलेरो घटना स्थलमै सिसा फुटाएर ४ जनालाई उद्दार गरेको छ । बाँकी ११ जनाको घटना स्थलमै मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेका छन । मृतकमा ६ महिला, २ पुरुष र ३ बालबालिका रहेका छन्।
दुर्घटनामा पर्ने सबै व्यक्तिहरू मोतीगंज सिहागांव पृथ्वीनाथ मन्दिरमा जलाभिषेक गर्न जाँदै थिए । अचानक वर्षाका कारण तिब्र गतिमा कुडिरहेक बोलेरो अनियन्त्रित भई सरयु नदीमा खसेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?