You are currently viewing भारतको आसामसँग नेपाल ‘ए’ ले टी-२० सिरिज खेल्ने, अनिलको कप्तानीमा १६ सदस्सीय टोली घोषणा

भारतको आसामसँग नेपाल ‘ए’ ले टी-२० सिरिज खेल्ने, अनिलको कप्तानीमा १६ सदस्सीय टोली घोषणा

६ भाद्र,२०८२ : भारतको गुवाहाटीमा भदौ १० देखि १८ ९अगस्ट २६–सेप्टेम्बर ३० सम्म नेपाल ए र आसाम स्टेट टिमबीच पाँच खेलको टी–२० सिरिज हुने भएको छ। यस सिरिजका लागि नेपाल ए राष्ट्रिय टोलीको घोषणा गरिएको छ। राष्ट्रिय टिमबाट बञ्चित खेलाडीलाई प्राथमिकता दिइएको छ ।

घोषित टोलीको कप्तानी विकेटकिपर ब्याटर अनिल साहले गर्नेछन्। राष्ट्रिय टोलीबाट पनि खेलिसकेका अनिललाई नेपाल ए को कप्तान चयन गरिएको हो ।
यसपटकको टोलीमा १६ खेलाडी समावेश गरिएको छ। टोलीमा अर्जुन घर्ती, सुभ कन्साकर, तृत राज दास, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा, विवेक कुमार यादव, पवन सराफ, बसिर अहमद, आकाश चन्द, कमल सिंह ऐरि, मोहम्मद आदील आलम अन्सारी, शेर मल्ल, युवराज खत्री र सागर ढकाल रहेका छन्।

यस सिरिजलाई नेपाली युवा खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव बटुल्ने राम्रो अवसरका रूपमा लिइएको छ। पछिल्लो समय क्यानले खेलाडीहरु व्यस्त राख्न विभिन्न अन्तराष्ट्रिय भ्रमण गराउँदै आएको छ । नेपाली राष्ट्रिय टिमभने अष्ट्रेलिया भ्रमणमा रहेको छ । त्यहाँ टप एण्ड टि२० मा सहभागी भएको नेपाली टिम अब त्यहाँकै स्थानिय क्लबसँग ४ टि२० र १ एकदिवसिय खेल खेल्नेछ । त्यसपछि नेपाली टिमले सेप्टेम्बर २७,२८ र ३० मा वेष्ट इण्डिजसँग युएइमा टि२० सिरिज खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply