You are currently viewing भारत विश्व टिम टेबलटेनिस च्याम्पियनशिप प्रतियोगिताका लागि छनोट

भारत विश्व टिम टेबलटेनिस च्याम्पियनशिप प्रतियोगिताका लागि छनोट

१६श्रावण,२०८२ः विश्व टिम टेबलटेनिस च्याम्पियनशिपका लागि भएको दक्षिण एशियाली छनोट प्रतियोगितामा पुरुष÷महिला दुवैमा भारतीय टोली छानिएको छ ।
लैनचौरको राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको राउन्ड रोबिन लिगमा अपराजित रहँदै भारतीय टोली छनोट भएको हो । पुरुष र महिलामा ५–५ राष्ट्र सहभागी थिए । दुवैतर्फ भारतले नेपालसहित माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशलाई समान ३–० को नतिजामा हराएर ८ अङ्क जोडेको थियो । भारतीय टोली इङ्ग्ल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुने विश्व टिम टेबलटेनिस च्याम्पियनशिपका लागि छनोट भएको छ । पुरुषतर्फ नेपाल ७ अङ्कसहित दोस्रो भयो । भारतसंग मात्र पराजित नेपालले श्रीलङ्कालाई ३–०, माल्दिभ्सलाई ३–१ र बङ्गलादेशलाई ३–२ को सेटमा हराएको थियो ।


माल्दिभ्स र श्रीलङ्का तेस्रो भए । महिलातर्फ माल्दिभ्ससंगै नेपाल तेस्रो भयो । ६ अङ्क जोडेको नेपालले दुई राष्ट्रलाई पराजित गर्‍याे । दुई राष्ट्रसंगको नतिजा सुम्पिएको थियो । माल्दिभ्स र बङ्गलादेशलाई समान ३–० ले हराएको नेपाल भारतसंग ३–० र श्रीलङ्कासंग २–३ ले पछि पर्‍याे। श्रीलङ्का ७ अङ्कसहित दोस्रो स्थानमा रह्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply