२५ श्रावण,२०८२ः महाकाली नदिमा बगेर दुई बालिका बेपत्ता भएका छन् ।
कञ्चनपुरको भिमदत्तनगरपालिका ११ बस्ने वर्ष अन्दाजी ७÷८वर्ष कि सानवि पन्त र जीविका पन्त महाकाली नदिमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनीहरू भाइरल रोडमा आफ्ना दाजुहरूसित घुम्न गएको समयमा भीमदत्त नगरपालिका १२ को वडा कार्यालय नजिकबाट नदिमा बगेका बुझिन आएको र दुवैजनाको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीय मिलेर खोजिकार्य भई रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?