मंसिर ८,धनगढी: धनगढी उपमहानगरपालिकाले आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगीतामा धनगढी ८ क्याम्पस रोडमा रहेको एरिष्टो माध्यमकि विद्यालयले प्रथम स्थान हाँसिल गरेको छ ।

धनगढी उपमहानगरपालिका भित्रका १५ विद्यालय सहभागी रहेको उक्त नृत्य प्रतियोगीतामा धनगढी १२ जुगेडामा रहेको मिलन बोडिङ्ग स्कुल दोश्रो तथा धनगढी ५ जाइँमा रहेको शैलेश्वरी बोडिङ्ग स्कुलले तेश्रो स्थान हाँसिल गर्न सफल भएको हो ।

उपमहानगरपालिकाले नृत्यमा प्रथम,दृतिय र तृतिय स्थान हाँसिल गर्ने विद्यालयलाई क्रमशः नगद दश हजार,आठ हजार र ७ हजार सहित प्रमाण पत्र प्रदान गरेको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउन उनीहरुले उत्पादन गरेका बेत तथा बाँसका सामाग्री हुँदै घरमै उत्पादन गरिएको अचारलाई प्रचारप्रसार गरी आय आर्जनमा वृद्धि गर्ने उद्श्येका साथ गत शनीबारदेखि धनगढी उपमहानगरपालिकाले महिला उद्यमीका लागि शनीबारे महिला उद्यमी बजार नाम दिएर हरेक शनिबार कार्यक्रम गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?