२०भाद्र,धनगढीः मानसिक स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय, मानसिक स्वास्थ्य तथा अनुसन्धान केन्द्र, धुलिखेल र कञ्चनपुरको कृष्णपुर नगरपालिकाबीच पाँच वर्षे सम्झौता भएको छ।
सम्झौताअनुसार टेलिमेडिसिनमार्फत मानसिक स्वास्थ्य परामर्श र उपचार उपलब्ध गराइनेछ। साथै आत्महत्या रोकथाम, संकट परामर्श (क्राइसिस काउन्सेलिङ), विद्यालयस्तरीय जनचेतनामूलक कार्यक्रम र स्थानीय स्वास्थ्यकर्मीलाई तालिम दिने व्यवस्था पनि गरिएको छ।
काठमाडौँ विश्वविद्यालयले विशेषज्ञ सेवा र तालिम उपलब्ध गराउने छ भने कृष्णपुर नगरपालिकाले पूर्वाधार, जनचेतनामूलक कार्यक्रम र समन्वयमा सहयोग गर्नेछ। सम्झौतामा काठमाडौँ विश्वविद्यालयका एसोसिएट डिन डा. दीपक कुँवर र नगर प्रमुख हेमराज ओझाले हस्ताक्षर गरेका छन्।

काठमाडौ विश्व विद्यालय र कुनै पनि पालिकाबिच स्वास्थ्य सम्बन्धमा सम्झौता भएको यो पहिलो कार्यक्रम हो । सम्झौता अनुसार यो परामर्श र उपचार अनलाइन भिजिवल प्रविधि मार्फत हुनेछ। कृष्णपुर स्वास्थ्य चौकीमा बिरामी स्वयं उपस्थित भइ कृष्णपुर स्वास्थ्य चौकीका मेडिकल अफिसरको सहयोगमा बिरामी र काठमाडौ विश्व विद्यालय, मानसिक स्वास्थ्य तथा अनुसन्धान केन्द्रका विषेशज्ञ डा. बिच प्रत्यक्ष भिजिवल कुराकानी /परामर्श हुनेछ।

यो कार्यक्रम हरेक शुक्रबार दिउँसो २ बजेबाट दिउसो ४“बजे सम्म हरेक सप्ताह सन्चालन हुनेछ। साथै काठमाडौ विश्व विद्यालय मानसिक स्वास्थ्य तथा अनुसन्धान केन्द्र धुलिखेल काभेका विषशज्ञ डा. को टोली ३ महिनामा बिरामीहरूको प्रत्यक्ष चेकजाच गर्नेछन । यसले कृष्णपुर नगर पालिका भित्र रहेका मानसिक स्वास्थ्यका विरामीहरुलाई सहज हुनेछ।

मानसिक स्वास्थ्य समस्या भएका विरामीहरुलाई नगरपालिकाले निशुल्क औषधि उपलब्ध गराउनेछ । भने कृष्णपुर नगपालिकाको कृष्णपुर स्वास्थ्य चौकी पूर्णकालिन चिकित्सकहरुद्धारा २४घण्टा सेवा दिने देशभरीकै पहिलो स्वास्थ्य चौकी हो। उक्त स्वास्थ्य चौकीले पर्चा काट्ने देखी लिएर प्रयोगशाला जाँच,एम्बुलेन्स सेवा र औषधि उपलब्धसम्मको सेवा निशुल्क गराउदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?