४ भाद्र,२०८२ : नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा कमजोर प्रर्दशन गरेको छ । भारतसँग नेपाालले ७-० को फराकिलो हार व्यहोरेको छ ।

बुधबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भारतलाई जित दिलाउन अविस्ता बस्नेत, निरा चानु लोङ्जम, अनुष्का कुमारीले समान दुई जुलन नोन्गमाइथिमले समान एक गोल गरे ।

खेलको १४औं मिनेटमा अविस्ताको गोलमार्फत भारतले अग्रता लिएको थियो । ९ मिनेटपछि नै निराले टोलीको अग्रता दोब्बर बनाइन् ।अनुष्काले ३३औं मिनेटमा गोल गर्दा भारतको अग्रता ३-० मा पुग्यो । ४१औं मिनेटमा अविस्काले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् ।

पहिलो हाफको इन्जुरी समयमा जुलनले गोल गर्दा भारतले ५-० को अग्रता बनायो । निराले ५६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा भारतको अग्रता ६-० मा पुग्यो । ६३औं मिनेटमा अनुष्काले व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौं गोल गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?