माघ ११,धनगढी : नेपालले आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकपको प्ले अफमा घरेलु टोली मलेसियालाई सात विकेटले पराजित गरेको छ । यससँगै नेपालले जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ ।

मलेलिया भने जितविहिन रह्यो । शुक्रबार जोहर क्रिकेट एकेडेमी ओभलमा मलेसियाले प्रस्तुत गरेको ४५ रनको लक्ष्य नेपालले ११ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि पूजा महताले अविजित २३ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । मलेलियाका लागि तीनै विकेट मर्स्याले लिइन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल तयार परेको थियो। नुरीमनले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि कप्तान पूजा महताले ३.५ ओभरमा मात्र ९ रन खर्चिदै सार्वधिक ४ विकेट लिइन् । यससँगै उनी सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएकी छन् । जारी विश्वकपमा पूजाको यो नवौं विकेट हो । यसैगरी रचना चौधरीले ३ तथा रिया शर्मा र सीमान समान १ विकेट लिए ।

नेपाल समूह ‘डी’ तथा मलेसिया समूह ‘ए’ को चौथो स्थानमा रहेका थिए । समूह चरणमा नेपालले बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार बेहोरेको थियो । यता मलेसिया, भारत, श्रीलंका र वेस्ट इन्डिजसँग पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?