असोज २६,धनगढी : श्रीलंकाको कोलम्बोमा पहिलो पटक आयोजना भईरहेको काभा यू-२० पुरुष भलिबल प्रतियोगितामा नेपालले आज उपाधिका लागि खेल्दैछ । नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो सहभागितामै नेपाल उत्कृष्ट प्रदर्शन गर्दै फाईनल पुगेको हो । शुक्रबार तुर्कीमिनिस्तानलाई ३-० को सोझो सेटले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ ।
नेपालले प्रतियोगितामा पाँच मध्ये तीन खेल जित्दै कूल १० अंक जोडेर शीर्ष दुईमा रहँदै फाईनलमा स्थान बनाएको तुर्कमिनेस्तानको पनि ५ खेलबाट नेपाल समान १० अंक नै भएपनि सेट जितेको आधारमा नेपाल फाईनल पुगेको प्रशिक्षक रमेश केसीले जानकारी दिए । नेपाफ श्रीलंका र माल्दिभ्सलाई समान ३-० को सेटमा हराएको थियो भने उज्वेकिस्तानसँग ३-१ र किर्गिस्तानसँग ३-२ सेटको पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?