२६भाद्र,२०८२ः नेपाली सेनाको मुख्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधान न्यायाधीश सुशीला कार्की र नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलबीच वार्ता गर्न तयारी सुरु भएको छ।
राष्ट्रपति पौडेललाई सार्वजनिक गर्न माग आइरहेका बेला उनको उपस्थितिमा नेपाली सेनाको मुख्यालयमा बैठक हुन थालेको हो। अहिले पूर्वप्रधान न्यायाधीश कार्की र सेनाप्रमुख अशोकराज सिग्देल सेना मुख्यालयमा छलफलका क्रममा छन्। राष्ट्रपति, पूर्वप्रधान न्यायाधीश र सेनाप्रमुखबीचको सरकारले आगामी बाटो कस्तो हुने तय गर्ने उच्च स्रोतले जानकारी दिएको छ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार बनाउने सहमतिसँगै बुधबार बेलुका जेनजी प्रतिनिधिहरूले आफ्ना एजेन्डा पनि तय गरेका थिए। उनीहरूले आफ्ना एजेन्डा र सरकार प्रमुख बनाउन कार्कीको नाम सेनाप्रमुख अशोकराज सिग्देलसँग बाँडेका थिए।
यसअघि अन्तरिम सरकार प्रमुख बन्न जेनजी समूहले गरेको प्रस्ताव पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले स्वीकार गरेकी थिइन्। यसअघि जेनजीको भच्र्युअल बैठकमा बहुमत सदस्यहरूले सुशीला कार्कीको नाम पहिलो रोजाइमा राखेपछि उनीसँग सम्पर्क गरिएको हो। जेनजी युवाहरूले संसद् विघटन र ६ महिनाभित्र चुनावको माग पनि राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?