You are currently viewing राष्ट्रिय भलिबल टिमका कप्तान श्रेष्ठको अप्रत्यासित सन्यास घोषणा किन ? ( भिडियो सहित )

राष्ट्रिय भलिबल टिमका कप्तान श्रेष्ठको अप्रत्यासित सन्यास घोषणा किन ? ( भिडियो सहित )

कार्तिक ४ धनगढी : नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठले सन्न्यास घोषणा गरेका छन् । श्रेष्ठले आईतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो पोष्ट गर्दै सन्न्यासको घोषणा गरेका हुन् । घरेलु भलिबलमा त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका श्रेष्ठले २७ वर्षको उर्जावान समयमै विनाकुनै विवादमा नआएरै एक्कासी राष्ट्रिय टिमको कप्तानबाट सन्न्यासको घोषणा गरेपछि विभिन्न कोणबाट चर्चा हुन थालेको छ । सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै उनले लेखेका छन । ‘मैले राष्ट्रिय भलिबल टिमको कप्तान पद त्याग्ने र राष्ट्रिय टिमको खेलाडीबाट अवकाश लिने निर्णय लिएको छु । यो निर्णय लिन सजिलो त थिएन तर अब आउने नयाँ पुस्ताका लागि मार्ग प्रस्तु गर्नका लागि निर्णय लिएको हुँ।’

 

सन् २०१७ मा नेपालको पुरुष टिमले एभिसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबलमा तेस्रो हुँदै कांस्य जित्दा मान बहादुर टिमका सदस्य थिए । नेपाल भलिबल संघले श्रेष्ठलाई २०२३ जुलाई १८ मा कप्तानको जिम्मेवारी सुम्पेको थियो । उनले गत वर्ष चीनमा भएको १९ औ एसियाडबाट नेपालको कप्तानी सम्हालेका थिए । मानबहादुर दुई पटक एसियाड खेल्ने दुई खेलाडी मध्ये एक हुन् । मान बहादुरले नेपालका लागि अन्तर्राष्ट्रिय बीच भलिबल समेत खेलेका छन् । उनले दुई पटक नेपाललाई बीच भलिबलमा रजत पदक दिलाएका छन् । सन्यासपछि घरेलु भलिबल खेल्छन वा खेल्ने छैनन त्यसबारे भने उनले केहि बताएका छैनन । २०८० साउन यता कप्तानी सम्हालेका मानबहादुर राष्ट्रिय पुरुष भलिबल टोलीको ११ औं कप्तान थिए।

राष्ट्रिय भलिबल टोलीका हालसम्मका कप्तानहरु

१) ऋषिराज आचार्य २०३३ ९काइदे आजाम पाकिस्तान–१९७६०

२) दीपक सापकोटा २०३५ ९आठौ एसियाली खेलकुद–थाइल्यान्ड०

३) महेन्द्रलाल श्रेष्ठ

४) राजेश मास्के

५) सुनिल चौधरी

६) विष्णु मास्के

७) भरत शाह ९२०५२० ९१९९९– ११औं साफ सम्म

८) कैलाश दत्त भट्ट २०६७ देखि २०७१ सम्म

९) इम बहादुर राना २०७२

१०) हरिहजुर थापा ९२०८० जेठदेखि २०८० असार

११) मान बहादुर श्रेष्ठ ९२०८० साउनदेखि २०८१ कात्तिक

सन्यासको भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply