चैत्र २३,काठमाण्डौं : तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र धनगढी एफसीबीच खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ ।दशरथ रङ्गशालामा जारी खेलको नवौं मिनेटमा साबिक विजेता ललितपुरले सुरूवाती अग्रता बनाउने मौका गुमायो । मणि कुमार लामाको फ्री किकमा इमोह इजेकिएलको हेडरलाई धनगढीका डिफेन्डर काइसेडोले गोल लाइनबाट बचाए ।

१६ औं मिनेटमा धनगढीले पनि मौका गुमायो । धनगढीकै गोल रक्षक वालिद बिरोको लामो पासमा अहमद हिजाजीले हानेको प्रहार पोल नजिकैबाट बाहिरियो ।यसपछि २१ औं मिनेटमा ललितपुरका केरभिन्स बेलफोर्टको हेडर पासमा इमोह इजेकिएलले गोल गर। तर एसिसटेन्ट रेफ्रीले अफ साइडको झन्डा उठाइदिए । ३६ औं मिनेटमा धनगढीका जर्ज प्रिन्स कार्कीको फ्रि किकमा अहमद हिजाजीको ब्याक हेडरमा काइसेडो क्लोज रेन्जबाट चुके ।

खेलको ३९ औं मिनेटमा दुवै टिमका खेलाडीबीच विवाद हुँदा रेफ्री प्रज्वल क्षेत्रीले तीन खेलाडी र प्रशिक्षकलाई पहेंलो कार्ड दिए। ललितपुरका सनिष श्रेष्ठ र पापा केबे तथा धनगढीका मोहम्मद एल जे र प्रशिक्षक जुवान मार्टिनेजले पहेंलो कार्ड पाए । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । पहिलो हाफमै रेफ्री प्रज्वल क्षेत्रीले ८ पहेंलो कार्ड देखाएका छन् ।गत संस्करणको विजेता ललितपुरले पहिलो खेलमा काठमाडौंसँग २-२ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा पोखरा थन्डर्सलाई ३-२ ले हराएको थियो । दुई पटकको फाइनलिष्ट धनगढीले पहिलो खेलमा बुटवल लुम्बिनीलाई ४-१ ले हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?