८ भाद्र,२०८२ः नेपाल लोकतान्त्रिक खेलकुद महासंघ, कैलाली जिल्ला कमिटीको प्रथम अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनबाट गोविन्द के.सी. अध्यक्ष पदमा निर्वाचित भएका छन्।
नवगठित कार्यसमितिमा उपाध्यक्षहरूमा चन्द्रदेव वम र महिला उपाध्यक्षमा दिपिका लामिछाने चयन भएका छन्। त्यस्तै, सचिवमा सुनिल बिष्ट, सह–सचिवमा कृष्णराज पाण्डे र कोषाध्यक्षमा कला रिमाल (उपाध्याय) निर्वाचित भएका छन्। सदस्यहरूमा राजु लिम्बू, केशवबहादुर मल्ल, रमेश साउँद, विष्णा कुमारी वम, अक्कलबहादुर भण्डारी, देवनारायण झा, भिखराम चौधरी, आरती चौधरी, शेरबहादुर देउवा, ओमप्रकाश भट्ट र प्रेम वि.क. चयन भएका छन्, भने थप सदस्यहरुलाई मनोनयनमार्फत चयन गर्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?