जेष्ठ १,धनगढी : विद्या भुषण प्रिमियर लिग (VBPL ) इन्ट्रा स्कुल क्रिकेट प्रतियोगीताको उपाधि यलो याक्सले जितेको छ । विहिबार सम्पन्न फाइनलमा ग्रीन फाइटर्सलाई २३ रनले पराजित गर्दै पहिलो संस्करणको उपाधिमाथि कब्जा जमाएको हो । उस्ले नगद ९ हजार र ट्रर्फी हात पार्यो ।

धनगढी उपमहानगरपालिका वडा न १३ गेटामा रहेको विद्या भुषण पब्लिक स्कुलको आयोजनामा सम्पन्न विद्या भुषण प्रिमियर लिग (VBPL ) इन्ट्रा स्कुल क्रिकेट प्रतियोगीताको फाइनल खेलमा ग्रीन फाइर्टसका कप्तान विवेक दुवालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए । टस हारेर पहिला ब्याटिङ गरेको यलो याक्सले निर्धारित १२ ओभरको खेलमा अलआउट हुँदै ५८ रन जोड्न सफल भयो ।

उसका लागि कप्तान कैलाश शाहले ३८ रनको कप्तानी पारी खेले भने दिपक गोयलाले ३ रन बनाए । ग्रीन फाइटर्सका लागि अपलि बिष्टले र आदित्य बोहराले समान दुई दुई विकेट चट्काए । ५९ रनको झिनो लक्ष्य पछ्याउने क्रममा ग्रीन फाइटर्सका ब्याटरहरुले राम्रो प्रर्दशन गर्न सकेनन । ग्रीन फाइटर्स १०.३ ओभरमा ३५ रनमै अलआउट भयो ।

उसका लागि तुसर बोहराले सर्वाधिक ७ तथा संसार बोहरा र लोकेन्द्र चन्दले समान ४ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेखनीय प्रर्दशन गर्न सकेनन । ग्रीन फाइटर्सलाई सस्तैमा समेट्न याक्सका रोहन खड्का एक्लैले ३ विकेट चट्काए । यस्तै आजत दुवालले दुई विकेट लिए । प्रतियोगीतामा प्लेर अफ दी सिरिज यलो याक्सका कप्तान कैलाश शाह चुनिए,उनले बेष्ट ब्याटरको अवार्ड पनि जिते ।

त्यस्तै बेष्ट बलर यलो याक्सकै रोहन खड्का र उदयमान खेलाडी ब्लु बेटल्सका जिवन बिके चुनिए भने फ्यान अफ दी टुर्नामेण्ट संकल्प भट्ट घोषित भए । विजेता र उपविजेता टोलीका सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष दिनेश सिंहले नगद तथा ट्रफी हस्तान्तरण गरे । ट्रफी हस्तान्तरण पछि बोल्दै सिंहले कलिला विद्यार्थीमा क्रिकेटप्रति रुची जगाउने यस्ताखाले प्रतियोगीताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले प्रतियोगीता इन्ट्रा स्कुल भएपनि यस्को व्यवस्थापन तथा अन्य माहोल हेर्दा विद्या भुषणले उत्कृष्ट कार्य गरेको भन्दै आगामी दिनमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालयका एकाडेमिक इञ्चार्ज सुरेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथि सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष दिनेश सिंह रहेका थिए । यस्तै समापन समारोहमा कैलालीबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सकृय क्रिकेट खेलिरहेका खेलाडीहरु शेर मल्ल,नरेन साउँद,भोजराज भट्ट र सौर्य श्रेष्ठलाई सम्मान पनि गरेको छ ।

उनीहरुसँग विद्यालयका सयौं विद्यार्थीहरुले अटोगा्रफ लिएका थिए । विद्यालयका एकाडेमिक इञ्चार्ज सुरेन्द्र शाहीले भने यो वर्ष हामीले खै कस्तो हुन्छ त लौ आयोजना गरौ न भनेर सुरुवात मात्रै गरेका थियौं राम्रो प्रतिक्रिया आयो,विद्यार्थीहरु पनि उत्साहित भए आगामी संस्करण अझ भव्य बनाउँछौं ।
समापन समारोहका थप केहि तस्वीरहरु :


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?