You are currently viewing ‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’ ऊर्जामन्त्री : खड्का

‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’ ऊर्जामन्त्री : खड्का

१३श्रावण,२०८२ः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको स्पष्ट पार्नुभएको छ । नेपाल प्रेस युनियन कैलालीको आयोजनामा आज धनगढीमा भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’ अवस्था नरहेको बताए ।

उनले, “गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ”, “ वर्षातका बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन् । मर्मत गर्न केही समय लाग्छ,यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply