You are currently viewing विश्वकप छनोट खेल्ने टोलीको कप्तानी पुजा महतोले गर्ने ,अरु को – को परे टिममा ?

विश्वकप छनोट खेल्ने टोलीको कप्तानी पुजा महतोले गर्ने ,अरु को – को परे टिममा ?

कार्तिक ७ धनगढी : कात्तिक १९ देखि कात्तिक २९ गतेसम्म युएईमा आयोजना हुने महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको लागि नेपाली युवा टोलीको नामावली सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक प्रेस विज्ञप्ति जारी सिनियर टोलीबाट समेत खेलिसकेकी पुजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको अन्य सदस्यहरुमा सोनी पाख्रिन,मनिषा उपाध्याय,कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, साबित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी र रचना चौधरी रहेका छन ।

क्यानले एसिया छनोटका लागि गत भदौमा २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो ।१५ दिनसम्म दाङमा चलेको बन्द प्रशिक्षणबाट २२ खेलाडी छनोट गर्दै भैरहवामा पुनःबन्द प्रशिक्षण थालिएको थियो ।यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिता कात्तिक १९ देखि कात्तिक २९ सम्म आयोजना हुँदैछ । प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता रहनेछ ।

डबल राउण्ड रोबिनमा खेलाइने उक्त छनोट प्रतियोगीतामा नेपालले पहिलो खेल कात्तिक २१ गते थाइल्यान्डसँग र दोस्रो खेल कात्तिक २२ गते कुवेतससँग खेल्नेछ । कात्तिक २४ गते घरेलु टोलीसँग खेल्ने नेपालको चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसँग हुनेछ । पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसककंग खेल्ने नेपालको अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ । ४ टोली सहभागी रहने छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियाले आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply