You are currently viewing विश्व चर्चित अलराउण्डर ग्लेन म्याक्सवेलद्वारा एकदिवसीय क्रिकेटबाट सन्यास‍को घोषणा /@GlennMaxwell

विश्व चर्चित अलराउण्डर ग्लेन म्याक्सवेलद्वारा एकदिवसीय क्रिकेटबाट सन्यास‍को घोषणा /@GlennMaxwell

जेठ १९,धनगढी अस्ट्रेलियन खेलाडी विश्व चर्चित अलराउण्डर ग्लेन म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट सन्यास‍को घोषणा गरेका छन । उनले सोमबार एक पोडकास्टमार्फत सन्यासको निर्णय लिएको खुलाएका हुन् ।

२०१२ मा अफगानिस्तानविरुद्ध डेब्यू गरेका म्याक्सवेलले १४९ एकदिवसीय खेल खेल्दै ३,९९० रन बनाएका छन् । उनको औसत ३३।८१ र स्ट्राइक रेट १२६।७० रहेको छ। बलिङतर्फ उनले ७७ विकेट लिएका छन् भने ९१ क्याच समेत लिएका छन्। एकदिवसीयमा चार शतक र एक दोहोरो शतक बनाएका उनले अस्ट्रेलियाका लागि सन् २०१५ र सन् २०२३ को एकदिवसीय विश्वकप जितेका छन् ।

म्याक्सवेल मोडर्न क्रिकेटमा नवीन शटहरूका लागि परिचित छन् । उनी रिभर्स शटलगायतका इनोभेटिभ शट खेल्न माहिर खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply