फाल्गुन १५,धनगढी : चार पांग्रे गाडीका लागि विश्व प्रसिद्ध ब्राण्ड निशान गाडीको न्यु मेग्नाइटको नयाँ फेसलिफ्ट संस्करण धनगढीमा अनावरण गरिएको छ। निशान गाडीका लागि सुदूरपश्चिम प्रदेशको आधिकारिक बिक्रेता धनगढी उपमहानगरपालिका वडा न ४ मा रहेको जिएआरएस टेडिङ्ग कन्सर्नमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर निसानको न्यु म्याग्नाइट गाडी सार्वजनिक गरिएको हो ।

जिएआरएस टेडिङ्ग कन्सर्न धनगढीका प्रबन्ध निर्देशक अशोक पाण्डेयको अध्यक्षतामा सम्पन्न उक्त गाडी अनावरण कार्यक्रको प्रमुख अतिथि कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर रहेका थिए भने विशिष्ट अतिथिमा अन्तरिम व्यवस्थापिका सदस्य मञ्जु बम,पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा,पायोनियर मोटो कपका एरिया इन्चार्ज तपेन्द्र भट्ट लगायत सोरुमका प्रतिनिधि रहेका थिए । कार्यक्रमा शुभकामना दिदै कार्यक्रका प्रमुख अतिथि कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले विश्वका लोकप्रीय ब्राण्डहरु पछिल्लो समय धनगढीमा पनि उपलब्ध हुन हाम्रा लागि खुशीको कुरा भएको बताए ।

उनले युवा व्यवसायी अशोक पाण्डेयको मिहनेत र लगनशिलताले दिनानुदिन सफलता हाँसिल गरिरहँदा निजी क्षेत्रमा काम गर्ने युवाहरुका लागि पाण्डेय प्रेरणाको स्रोत बनिरहनुभएको बताए । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि अन्तरिम व्यवस्थापिका सदस्य मञ्जु बमले युवाहरुले स्वेदशमै केहि गर्छु भनेर अठोट गर्दै आफ्नै क्षेत्रमा लगानी लगाउनु अत्यन्तै सकरात्मक काम भएको बताइन । उनले जिएआरएस टेडिङ्ग कन्सर्नलाई व्यवसायिक सफलताको शुभकामना पनि दिइन । जिएआस टेडिङ्ग कन्सर्न धनगढीका प्रबन्ध निर्देशक अशोक पाण्डेयले सुदूरपश्चिबासीले आफूलाई विश्वास गरेरै यहाँसम्म पुगेको भन्दै आगामी दिनमा पनि सबैको साथ र सहयोगको खाँचो रहेको बताएका छन । पाण्डेयले व्यवसायिक इमान्दारिता र गुणस्तरीय सेवा आफ्नो पहिलो प्राथमिकता भएको भन्दै यसलाई आगामी दिनमा अझ सुदृढ गरेर लैजाने प्रतिबद्धता व्यक्त गरे ।

निशान म्याग्नाइटको नयाँ फ्यासलिफ्टको आधिकारिक सुरुवात फागुन ९ गते थापाथली स्थित निशानको सोरुममा सम्पन्न भएपनि सुदूरपशिचमका लागि भने निशानको आधिकारिक बिक्रेता धनगढी उपमहानगरपालिका वडा न ४ मा रहेको जिएआरएस टेडिङ्ग कन्सर्नबाट आजेदेखि नयाँ म्याग्नाइट उपलब्ध रहेको सोरुमकी म्यानेजर करिना अन्सारीले बताइन्। म्यानेजर अन्सारीले गाडी खरिद सँगसँगै सर्भिसिङ, र पार्टपुर्जा सुविधा पनि जिएआरएस टेडिङ्ग कन्सर्न मै उपलब्ध रहेको बताइन ।
अनावरण कै दिन डा.सन्देश दाहालले खरिद गरे नशान न्यु मेग्नाइट
निसानको न्यु म्याग्नाइट गाडीको सुदूरपश्चिम प्रदेशको आधिकारिक बिक्रेता धनगढी उपमहानगरपालिका वडा न ४ मा रहेको जिएआरएस टेडिङ्ग कन्सर्नमा आज अनावरण भएको दिन पहिलो दिनमै गाडी बिक्री भएको छ । सेती प्रादेशिक अस्पतालमा कार्यरत डा.सन्देश दाहालले उक्त निसानको न्यु म्याग्नाइट गाडी खरिद गरेका हुन ।

डा.दाहाललाई कार्यक्रमका प्रमुख अतिथि कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर , विशिष्ट अतिथि अन्तरिम व्यवस्थापिका सदस्य मञ्जु बम र जिएआरएस टेडिङ्ग कन्सर्न धनगढीका प्रबन्ध निर्देशक अशोक पाण्डेयले संयुक्त रुपमा चाबी हस्तान्तरण गरे ।

निशान न्यु मेग्नाइटका यस्त छन विशेषताहरु
अत्याधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, अझ ‘बोल्डर’ डिजाइन, र प्रिमियम एस्थेटिक्ससहित नयाँ म्याग्नाइटको प्रारम्भिक मूल्य रू. ३४.७५लाखदेखि सुरू हुन्छ । नयाँ म्याग्नाइट अझ ‘बोल्डर’ डिजाइन, उत्कृष्ट सुरक्षा विशेषताहरू, र अत्याधुनिक प्रविधिसहित आएको छ, जसले उत्कृष्ट मूल्यलाई कायम राख्दै अतुलनीय ड्राइभिङ अनुभव सुनिश्चित गर्छ । म्याग्नाइट लाइनअप चारवटा ‘रिफ्रेस्ड’ भेरियन्टहरूमा उपलब्ध छ, जसमा ‘भिजिया’, ‘एक्सेन्टा’, ‘एन–कनेक्टा’, र ‘टेक्ना–प्लस’ समावेश छन् । नयाँ निसान म्याग्नाइट फेसलिफ्टले ४० भन्दा बढी स्ट्यान्डर्ड सुरक्षा विशेषताहरू र कुल ५५ सुरक्षा सुधारहरूसहित सुरक्षाको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको ‘हाइ–टेन्साइल स्टिल केज बडी’ र ‘इम्प्याक्ट–अबजोर्विङ कम्पोनेन्ट’हरूले उत्कृष्ट सुरक्षा प्रदान गर्दछ । यसमा ६ वटा एयरब्याग (२ अगाडि, २ छेउमा, र २ कर्टेन एयरब्याग) उपलब्ध छन्, जुन सबै भेरियन्टहरूमा स्ट्यान्डर्ड रूपमा समावेश गरिएको छ । साथै, ‘३–पोइन्ट सिटबेल्ट’ र सबै सिटका लागि ‘सिटबेल्ट–रिमाइन्डर’ प्रणालीले उत्कृष्ट सुरक्षा सुनिश्चित गर्छ ।
एसयुभिको सुन्दरता वा एस्थेटिक्समा नयाँ म्यागनाइटले नयाँ उचाई लिएको छ । अझ प्रभावशाली उपस्थितिको डिजाइनसहित आएको यो गाडीमा‘बिगर एन्ड बोल्डर’(ठूलो र दरिलो) ‘डुअल–टोन ग्रिल’, ‘फ्लोटिङ स्किड प्लेट’, र श्रेणी–उत्कृष्ट ‘थ्रिडि हनिकम्ब ग्रेडियन्ट इफेक्ट’सहितको ‘एलइडि टेल ल्याम्प’ रहेका छन्। यसमा विशेष ३६० लेदर–प्याक समावेश छ, जसमा ‘लेदरेटले मोडिएको ड्यासबोर्ड’, लेदरेट सिटहरू, साथै ढोका, पार्किङ ब्रेक लिभर, स्टेयरिङ र अगाडिको आर्मरेस्टमा लेदरेट ट्रिमहरू रहेका छन् । यसमा १९ लिटरको क्याबिन स्टोरेज, ६०ः४० रियर सिट स्प्लिटसहित विस्तार गर्न सकिने ‘बुट स्पेस’, आर्मरेस्ट स्टोरेज, र कपहोल्डहरू सबै भेरियन्टमा स्ट्यान्डर्ड रूपमा उपलब्ध छन् जसले क्याबिनको उपयोगिता र आरामलाई बढावा दिएको छ ।

निसान म्यागनाइटले सेगमेन्टमा पहिलो र श्रेणी–उत्कृष्ट नवप्रवर्तनको नेतृत्व गर्दै उत्साहजनक र प्रविधिमैत्री ड्राइभिङ अनुभव सुनिश्चित गर्छ । यसमा ठूलो ‘इलेक्ट्रोनिक बेजल–लेस अटोडिमिङ आइआरभिएम’, ‘कन्टिन्युअस मल्टि–कलर एम्बिएन्ट लाइटिङ’, र इन्टेरियरमा सफा हावा प्रवाह गर्ने श्रेणी–उत्कृष्ट ‘प्लाज्मा क्लस्टर आयोनाइजर’ रहेको छ । ‘आर्कमिज’को थ्रिडि साउन्ड सिस्टमले उत्कृष्ट अडियो अनुभव प्रदान गर्छ भने ६० मिटर दायरा भएको ‘रिमोट इन्जिन स्टार्ट’ले थप सहजता सुनिश्चित गर्दछ । यसमा रहेको ‘प्रिमियम इन्टेलिजेन्ट कि (आइ–कि)ले गाडी छोडेर हिड्दा स्वतः लक हुने र नजिकिँदा अनलक हुने सुविधा प्रदान गर्छ । साथै, स्वचालित हेडल्याम्पजस्ता विशेषताहरूले गाडीलाई अझ आधुनिक र आकर्षक बनाएको छ ।

‘बिग, बोल्ड, एन्ड ब्युटिफुल’ निसान म्यागनाइटले एसयुभि सेगमेन्टमा निरन्तर नयाँ मापदण्ड कायम गर्दै आएको छ, र प्रिमियम विशेषताहरूलाई सहज मूल्यमा उपलब्ध गराउँदै आएको छ । नयाँ म्याग्नाइटले नवप्रवर्तन तथा ग्राहक–केन्द्रित डिजाइनप्रतिको आफ्नो प्रतिबद्धता कायम राखेको छ । पहिलो पटक सन् २०२० को डिसेम्बरमा विश्वव्यापी रूपमा र सन् २०२१ मा नेपाली बजारमा सार्वजनिक गरिएको यो गाडीले हालसम्म समग्र १ लाख पचास हजार (१,५०,०००) भन्दा बढी इकाइको बिक्री पार गरिसकेको छ ।
गाडी अनावरणका थप केहि तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?