You are currently viewing विश्व फोटोग्राफी दिवसः एक तस्वीर, हजार शब्द
silhouette of a photographer who shoots a sunset in the mountains

विश्व फोटोग्राफी दिवसः एक तस्वीर, हजार शब्द

‎३भाद्र २०८२ः अन्तिम पटक खिचेको तस्बिरले त्यो क्षणलाई सदैव बाधेर राखेको हुन्छ । जुनबेला हामी एक क्लिक क्यामेरामा गर्दछौं । क्यामेराले हजारौं कथा समेटेको हुन्छ । त्यसैले क्यामेराको आखाँबाट संसार देखीन्छ भन्ने गरीन्छ । अगस्ट १९ त्यही कला र संवेदनशीलतालाई सम्मान गर्ने दिन हो विश्व फोटोग्राफी दिवस ।
सन १८३९ मा सर्वप्रथम फ्रान्सेली वैज्ञानिक लुईस डाग्युरे तथा ब्रिटिश वैज्ञानिक विलियम हेनरी फक्स टेलबोटले फोटोग्राफी को सुरुवात गरेका थिए । सन १८३४ मा टेलबोटले लाइट सेन्सेटिभ पेपरको आविष्कार गरेका थिए, जसको कारण फोटो स्थायीरूपमा रहने सुविधा भईसकेको थियो । ७ जनवरी १८३९ मा फ्रान्सेली वैज्ञानिक आर्गोले फ्रेन्च एकेडेमी अफ साइन्सको लागि एउटा रिपोर्ट तयार गरेका थिए । १९ अगस्ट १८३९ मा फ्रान्स सरकारले त्यो रिपोर्ट (आविष्कार) खरिद गरी आम जनताको लागि निशुल्क गरिदिएको थियो । यही कारणले हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा “विश्व फोटोग्राफी दिवस“ मनाइन्छ।

फोटोग्राफी केवल तस्वीर खिच्ने कला मात्र होइन, यो इतिहासलाई सुरक्षित राख्ने माध्यम हो। एउटा फोटोले शब्दभन्दा धेरै कुरा भन्न सक्छ। समाचार, कला, विज्ञानदेखि सामाजिक सञ्जालसम्म यसको प्रभाव अत्यन्त ठूलो छ। आज फोटोग्राफी पेशा मात्र होइन, सबैको जीवनशैली बनेको छ। नेपालमा पनि फोटोग्राफीको इतिहास पुरानो छ। पहिले राजदरबार र महत्वपूर्ण घटनाका तस्वीर खिचिन्थे। अहिले भने डिजिटल युगमा फोटोग्राफी सजिलो र लोकप्रिय भएको छ। स्मार्टफोनकै सहायताले हरेक व्यक्तिले आफैंलाई फोटोग्राफर ठान्छन्। विवाह, उत्सव, पत्रकारिता र संस्कृतिको संरक्षणमा यसको महत्व अझ बढ्दै गएको छ।
‎आजको दिनमा सन्देश स्पष्ट छ—फोटोग्राफी केवल दृश्य होइन, भावना र स्मृतिको खजाना हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply