You are currently viewing शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन कार्यान्वयनका लागि कैलालीमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन कार्यान्वयनका लागि कैलालीमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

२१ भाद्र,धनगढीः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐन कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने उद्देश्यले संघर्ष समितिको आयोजनामा शनिबार कैलाली उद्योग वाणिज्य संघको सभाहलमा बृहत् अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।


सुदूरपश्चिमेली जनताको त्याग, तपस्या र संघर्षबाट स्थापना भएको सो विश्वविद्यालयको ऐनलाई यथासिघ्र लागू गराउनुपर्ने मागसहित आयोजित उक्त कार्यक्रममा विश्वविद्यालयका हितग्राही, स्थानीय प्रतिनिधि, शिक्षक, विद्यार्थीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा संघर्ष समितिका संयोजक लोकराज पाण्डेय “आगो“ले ऐन कार्यान्वयन नहुँदा उत्पन्न चुनौती र समस्याबारे प्रकाश पार्दै सरकारसँग सहकार्यमार्फत समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरे। उनले विश्वविद्यालयको ऐन कार्यान्वयन सुदूरपश्चिमका जनताको सपना साकार पार्ने मार्ग भएको उल्लेख गरे।


विशेष अन्तरक्रिया सत्रमा सहभागी नागरिक, शिक्षक तथा विद्यार्थीहरूले विश्वविद्यालयको स्थायीत्व, पाठ्यक्रम विस्तार, पूर्वाधार विकास तथा प्रशासनिक सुधार सम्बन्धी आफ्ना सुझाव तथा अपेक्षा प्रस्तुत गरेका थिए। सहभागीहरूको धारणा अनुसार, ऐनको कार्यान्वयनले सुदूरपश्चिम प्रदेशका विद्यार्थी तथा स्वास्थ्य क्षेत्रमा संलग्न व्यक्तिहरूलाई थप अवसर र सुविधा प्राप्त हुनेछ।

संघर्ष समितिले सबै सुझावहरू संकलन गरी सम्बन्धित निकायमा पेश गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा स्थानीय प्रशासन, सामाजिक संस्था तथा स्वयंसेवकहरूको सक्रिय सहयोगप्रति आयोजकले आभार प्रकट गरेका थिए। सहभागीहरूले ऐनको तत्काल कार्यान्वयन र विश्वविद्यालयको दीर्घकालीन विकासका लागि पूर्ण समर्थन जनाएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply