You are currently viewing शैलेश्वरी स्कुलको टिमले खरिद गर्यो  फारवेस्ट सेकेन्डरी स्कुल

शैलेश्वरी स्कुलको टिमले खरिद गर्यो फारवेस्ट सेकेन्डरी स्कुल

८श्रावण २०८२ः धनगढी उपमहानगरपालिका–५ मा अवस्थित शैलेश्वरी बोर्डिङ स्कुलको व्यवस्थापन टिमले फारवेस्ट सेकेन्डरी स्कुल पनि खरिद गरेको छ । अबदेखि फारवेस्ट स्कुल शैलेश्वरी टिमको नयाँ व्यवस्थापनमा सञ्चालन हुने भएको छ । शैलेश्वरी बोर्डिङ स्कुलका प्रिन्सिपल जगन्नाथ जोरा र व्यवस्थापक नृप बहादुर वड दुवैले फारवेस्ट स्कुल व्यवस्थापनको जिम्मा लिएका हुन् ।

वि.सं. २०६० सालमा शैलेश्वरी बोर्डिङ स्कुलको स्थापना भएको थियो । जोरा सन् २०७२ सालमा शैलेश्वरीमा लगानीकर्ताको रूपमा भित्रिएका हुन भने वड शैलेश्वरी बोर्डिङ स्कुलका संस्थापक नै हुन । जोरा नेतृत्वको शैलेश्वरी बोर्डिङ स्कुलमा हाल ११०० विद्यार्थी अध्ययनरत छन् । धनगढी उपमहानगरपालिका–५ मा अवस्थित यो विद्यालयले लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।

अब शैलेश्वरी स्कुलका अनुभवी व्यवस्थापक र शैक्षिक नेतृत्वकर्ताद्वारा उक्त स्कुललाई गुणस्तरीय शिक्षाको उदाहरण बनाउने तयारी गरिएको छ । धनगढी उपमहानगरपालिका–५ मा  जाइँमै अपस्थित फारवेस्ट सेकेन्डरी स्कुल २०४८ सालमा स्थापना भएको  धनगढी कै पुरानो संस्थागत विद्यालयको रुपमा चिनिन्छ । हाल उक्त विद्यालयमा ३५० विद्यार्थी अध्ययनरत छन् ।


नयाँ व्यवस्थापनको सुरुवातसँगै फारवेस्ट सेकेन्डरी स्कुलमा आधुनिक शिक्षण प्रणाली, विद्यार्थी–अभिमुखी कार्यक्रमहरू,अनुभवी शिक्षकहरूको सहभागिता र समुन्नत शैक्षिक वातावरणको तयारी थालिएकोे प्रिन्सिपल जगन्नाथ जोराले बताए । उक्त व्यवस्थापकको टिमले फारवेस्ट स्कुललाई नयाँ उचाइमा पुर्याउने विश्वास लिएसंगै शैलेश्वरी र फारवेस्ट सेकेन्डरी स्कुलको व्यवस्थापक टिम एउटै भए पनि दुबै स्कुल आ-आफ्नै स्थानबाट शैक्षिक गतिविधि अगाडी बढाउने गरी काम अघि बढेको प्रिन्सिपल जोराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply