२९भाद्र,धनगढीः यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकालका लागि बन्द गरेको छ ।
यही भदौ २३ र २४ गते भएको जेन–जीआन्दोलनका क्रममा विभागको संरचनामा तोडफोड, आगजनी तथा चोरी लुटपाटबाट विद्युतीय उपकरण, छपाइ उपकरण तथा सर्भर प्रणालीमा पूर्णरूपमा क्षति पुगेको विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

यसैबीच विभागले जेन–जी आन्दोलनका क्रममा लुटिएका गाडी, कम्प्युटर, प्रिन्टर, ल्यापटप, छपाइ मेशिन लगायतका सामान फिर्ता गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?