भाद्र ५,धनगढी
धनगढी उपमहानगरपालिका १ जोशी टोलमा रहेको ग्यालेक्सी मल्टिपल कलेजले बि।बि।ए कै शैलीमा बिबिएस पढाउँदै आएको छ । बजार क्षेत्रभन्दा थोरै भित्र शान्त तथा स्वच्छ वातावरणमा रहेको ग्यालेक्सी मल्टिपल कलेजमा स्थापना देखी नै बि।बि।ए कै शिक्षण पद्धतिमा बि।बि।एस पढाई भइरहेको हो । धनगढीमा लामोसमयदेखि शैक्षिक क्षेत्रमा अनुभव प्राप्त व्यक्तीहरुको समूहले अघिल्लो शैक्षिक शत्रबाट ग्यालेक्सी मल्टिपल कलेज सञ्चालनमा ल्याएका हुन ।
न्युनतम् शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरी देशका लागि योग्य नागरीक तयार गर्नु कलेजको प्रमुख उद्देश्य रहेको ग्यालेक्सी मल्टिपल कलेज व्यवस्थापन समिति अध्यक्ष मोहनराज भट्टले बताए । अध्यक्ष भट्टले प्लस टु सम्म पढाइ हुने धनगढीमा थुप्रै विद्यालय भएपनि स्नातकको पढाइमा हाम्रो टिमले विशुद्ध फरक शैलीमा केहि नयाँ गर्ने योजनाका साथ काम गरिरहेको बताए । उनले भने विद्यार्थीहरुलाई कोरा कागजी ज्ञानमात्र नभइ ग्यालेक्सी मल्टिपल कलेजले प्रयोगात्मक शिक्षालाई जोड दिनेगरी पढाइ सञ्चालन गरेको छ यसको नतिजा राम्रै आउँछ ।

त्रिभुवन विश्वविध्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा बि।बि।एसको पढाई हुन थालेको यो दोस्रो वर्ष भएको ग्यालेक्सी मल्टिपल कलेजका प्रमुख जे।डी। भट्टले बताए । यहाँ पढाइ हुने बि। बि।एसमा अन्य कलेजको तुलनामा बढी फाइदा रहेका छन् । बि। बि।ए शैलीमा पढाई ,सेमनिर, तालिम ,सस्तो मासिक शुल्क,देश विदेशमा शैक्षिक भ्रमण ,अनुभवी र विषय विज्ञ प्राध्यापकद्वारा पढाइ भैरहेको ग्यालेक्सी कलेजका प्रमुख भट्टले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?