You are currently viewing साउदी विरुद्ध नेपालको संघर्षपूर्ण जित

साउदी विरुद्ध नेपालको संघर्षपूर्ण जित

२३ श्रावण,२०८२ : नेपालले एएफसी यु-२० महिला एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । जितसँगै अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी एसियन कपमा छनोट हुने नेपालले सम्भावना जिवित राखेको छ ।

Photo : ANFA

शुक्रबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न समूह ‘ए’को तेस्रो खेलमा नेपालले साउदी अरेबियामाथि १-० को झिनो जित हाँसिल गरेको हो ।निर्धारित समयको अन्तिम मिनेटमा अट्याकिङ मिडफिल्डर सुक्रिया मियाले नेपालका लागि निर्णायक गोल गरिन ।

यो नतिजासँगै नेपाल दुई खेलमा चार अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले पहिलो खेलमा घरेलु टोली भुटानसँग १-१ को बराबरी खेलेको थियो ।

लगातार दोस्रो खेलमा पराजित साउदी अरेबियाको भने एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ । अघिल्लो खेलमा साउदी अरेबियाले उत्तर कोरियासँग १५–० को लज्जास्पद हार व्यहोरेको थियो । स्ट्राइकर मीना देउवाले पेनाल्टी अवसरलाई सदुपयोग गर्न नसकेपछि नेपालले पहिलो हाफमा अग्रता लिन सकेको थिएन ।

मीनाले ३७औं मिनेटमा पेनाल्टी मीस गरेकी थिइन् । अट्याकिङ मिडफिल्डर मनिषा सेनलाई विपक्षी खेलाडी बास्माह अल्सनाइफीले बक्सभित्र लडाएपछि नेपालले पेनाल्टी अवसर प्राप्त गरेको थियो । मीनाको प्रहार दोस्रो बारमा ठोक्किएर फर्किएको थियो ।

त्यसअघि खेलकोे १८औं मिनेटमा पनि क्रसबार बाधक बन्दा नेपाल गोल गर्नबाट बञ्चित भएको थियो । लेफ्ट साइडबाट सेन्टर ब्याक सरीता नाथको फ्रिकिक प्रहार क्रसबारमा ठोक्किएर फर्किएको थियो । प्राप्त रिबाउन्ड बललाई राइट ब्याक अनिशा राईले पोस्टको दिशा दिइन् । तर, अनिशाको प्रहार गोलकिपर दानाह जिमारहले सहजै नियन्त्रणमा लिइन् ।दोस्रो हाफमा मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले चार खेलाडीलाई परिवर्तन गरेका थिए । सुक्रिया कुसुम खतिवडालाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेकी थिइन् ।

दोस्रो हाफमा दुबै टोलीले गतिला अवसर सृजना सकेन । अन्तिम मिनेटमा अनिशा राईको लामो दूरीको फ्रिकिक पासलाई विपक्षी डिफेन्डरले क्लियर गर्न नसक्दा त्यसलाई मीनलो सदुपयोग गरिन् । राइट साइडबाट मीनाको कट्ब्याकलाई विपक्षी खेलाडीको कुनै पनि निगरानीमा नरहेकी सुक्रियाले पहिलो बारमा लोअर गोल गर्न कुनै पनि गाह्रो भएन । अब नेपालले आइतबार उत्तर कोरियासँग खेल्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply