You are currently viewing साफ वुमन्स च्याम्पियनसि : इतिहास लेख्ननबाट फेरी चुक्यो नेपाल,बंग्लादेश पुनः च्याम्पियन

साफ वुमन्स च्याम्पियनसि : इतिहास लेख्ननबाट फेरी चुक्यो नेपाल,बंग्लादेश पुनः च्याम्पियन

कार्तिक १४,धनगढी : घरेलु दर्शकलाई स्तब्ध पार्दै साफ वुमन्स च्याम्पियनसिपमा नेपाल उपविजेतामै सिमित भएको छ । दशरथ रंगशालामा खचाखच भरिएका दर्शकका बीच भर्खरै सकिएको फाइनलमा डिफेण्डिङ च्याम्पियन बंगलादेशले नेपाल विरुद्ध २ – १ गोलले खेल जित्दै इतिहास रचेको छ । २०१० मा सुरु भएको साफ महिला च्याम्पियनसिपका सबै संस्करण खेलेको नेपाल ६ पटक फाइनल पुगेपनि अहिलेसम्म उपाधि जित्न सकेको छैन । भारतले भने ५ पटक उपाधि जितिसकेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले ५२ औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेशकी मोनिका चक्माले गोल गरेकी थिइन् । त्यसको ४ मिनेटपछि नेपालले गोल फर्काएको हो । नेपालकी अमिशा कार्कीले गोल फर्काएकी हुन् । प्रिती राइको पासमा वान भर्सेज वानमा नेपालकी अमिशा कार्कीले गोल सुन्दर गोल गरेकी थिइन । १ -१ को बराबरीमा रहेको खेलमा बंगलादेशले ८१ औं मिनेटमा गोल गरेको हो । बंगलादेशका खेलाडीले प्रहार गरेको बल नेपाली गोलकिपर एन्जिला तुम्बापोले पञ्च गरेर क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो । त्यपछि नेपाली स्टाइकर सावित्रा भण्डारी साम्बाले गोल गर्ने एउटा मौका गुमाइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply