You are currently viewing साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा श्रीलङ्कालाई हराउँदै नेपालको विजयी शुरूवात

साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा श्रीलङ्कालाई हराउँदै नेपालको विजयी शुरूवात

३१भाद्र,धनगढीः घरेलु टोली श्रीलङ्कालाई २–० गोलले हराउँदै नेपालले साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा विजयी शुरूवात गरेको छ । नेपालको जितमा दुबै गोल समिर कुमारले गरेका छन् । जितसँगै नेपालको सेमिफाइनल सम्भावना बलियो बनेको छ ।
खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५२औं मिनेटमा नेपालले एक गोल गर्याे । नेपालले खेलको अन्तिममा फेरि गोल गर्याे । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजना भइरहेको च्याम्पियनसिपमा सदस्य सात देश सहभागी छन् ।

 

 

नेपाल, श्रीलङ्का र बङ्गलादेश समूह ‘ए’ मा छन् भने भारत पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन् । राउन्ड रोबिन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । गएको वर्ष बङ्गलादेशलाई २–० ले हराउँदै भारत छैटौं पटक च्याम्पियन बनेको थियो । प्रतियोगिताका सबै खेलहरू आउँदो असोज ११ गतेसम्म कोलम्बोको रेसकोर्स रङ्गशालामा हुनेछन् । चार पटक फाइनल खेलेको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply