पौष २६,धनगढी : सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ (PETSAN) को अध्यक्षमा प्रेमनिधी ओझा चयन भएका छन । शुक्रबार धनगढीको ऐश्वर्य विद्या निकेतनमा सम्पन्न सुदुरपश्चिम प्रदेश भित्र सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित विद्यालयहरुको भेलाले ऐश्वर्य विद्या निकेतनका प्राचार्य समेत रहेका ओझालाई प्रदेश अध्यक्षको जिम्मेवारी सर्वसम्मत रुपमा सुम्पेको हो ।

त्यस्तै उक्त भेलाले उपाध्यक्षमा डा शंकरदत्त भट्ट, प्रभात विद्या निकेतन कञ्चनपुर,सचिव–महादेव भट्ट राष्ट्रीय बाल विद्यालय कञ्चनपुर,कोषाध्यक्ष करुणाकर पाण्डेय जेसीस एभरेष्ट विद्यालय, कैलाली,सदस्य टेक ब.चन्द सन्त निरंकारी स्कुल कैलाली,सदस्य हिरण्य शर्मा खड्ग मेमोरीयल स्कुल कैलाली र सदस्य फणिन्द्र राज रेग्मी विरेन्द्र विद्या मन्दिर कैलाली लाई चयन गरेको छ ।

देशभरी रहेका करीब ५०० भन्दा बढी सार्वजनिक गुठी विद्यालयहरुको साझा संगठनको रुपमा रहेको (PETSAN) को पहिलोपटक सुदुरपश्चिममा संगठन विस्तार गरिएको हो । PETSAN का केन्द्रिय अध्यक्ष जे.एस.पौडेलको सभापतित्वमा संचालित कार्यक्रममा सुदुरपश्चिम प्रदेश निति तथा योजना आयोगकी उपाध्यक्ष डा.जीवन रानाको प्रमुख आतिथि रहेकी थिइन । कार्यक्रमका विशिष्ट अतिथि सिद्धार्थ वनस्थली काठमाण्डौका प्राचार्य रुपक राजवंशी तथा ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा.रानाले आफुपनी शिक्षक नै भएकाले सुदुरपश्चिमको शिक्षा क्षेत्रको दिर्घकालीन विकासका लागि कटिवद्ध रहने विश्वास दिलाएकी थिइन । कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष सहित ऐश्वर्य विद्या निकेतनमा कार्यरत शिक्षक नरेन्द्र भट्टलाई सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?