You are currently viewing सुदूरपश्चिमका पेट्रोल पम्पहरू बन्द, प्रहरी पम्पमा बिक्री वितरण सुरु

सुदूरपश्चिमका पेट्रोल पम्पहरू बन्द, प्रहरी पम्पमा बिक्री वितरण सुरु

२६भाद्र,२०८२ः कैलालीको धनगढी उपमहानगरपालिका–७ देवहरियाका रामसिंह चौधरी बिहिवार दिउँसो नेपाल प्रहरीको पेट्रोल पम्पमा पुगे। धनगढी र अत्तरिया सबै जसो पम्पहरूमा पुगेका उनले पेट्रोल पाएनन्।
तर, नेपाल प्रहरी कल्याण कोष पेट्रोल पम्प धनगढीले बिहिवार बिहानदेखि वितरण थालेको हो। बिहान पाँच सय रुपैयाँसम्मको पेट्रोल बिक्री वितरण गरेको प्रहरीले दिउँसोबाट बढाएको छ। चौधरीले भने, ‘धेरै पम्पहरूमा गए, पेट्रोल पाएन। प्रहरीले दिन थालेको रहेछ। लाइन लामो छ।’
जेन–जी पुस्ताहरूले सोमवार र मङ्गलवार भएको आन्दोलनका कारण पेट्रोलियम पदार्थ बिक्री वितरणमा बन्द भएको हो। धनगढीमा रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित मन्त्रालयहरू र सरकारी कार्यालयहरूमा आगो लगाइयो। नेपाली सेनाले देशको सुरक्षाको जिम्मा लिएको छ। सोमवारदेखि सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थ बिक्री वितरण पनि रोकियो। बिहिवार मात्र नेपाल प्रहरी कल्याण कोष, धनगढीको पेट्रोल पम्प खुलेको हो।

सुदूरपश्चिम प्रदेशका अन्य पेट्रोल पम्पहरू बन्द रहेका छन्। प्रदेशका ग्रामीण क्षेत्रमा सवारी सञ्चालनमा रहेका छन्। धनगढीसहित बजार क्षेत्रमा समेत निजी सवारीहरू सञ्चालनमा छन्। तर, प्रदेशमा पेट्रोल पम्पहरू खुलेका छैनन्। जेन–जी पुस्ताको आन्दोलनका क्रममा सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरिएपछि पम्पहरूले पेट्रोलियम पदार्थ बिक्री विवरण रोकेका थिए।

सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीको डिपोमा १५ लाख ९० हजार लिटर डिजेल, ७० हजार लिटर पेट्रोल र २८ हजार लिटर मट्‍टीतेल राख्न सकिने क्षमताका ट्याङ्की रहेका छन्। प्रादेशिक डिपोको क्षमताका ९० प्रतिशत मौजात रहेको छ। तर, प्रदेशका पम्पहरूले खरिद–बिक्री गरेका छैनन्। भारतबाट पनि पेट्रोलियम ट्याङ्करहरू बिहिवार पनि नेपाल आएका छन्। नेपाल आयल निगमको, धनगढी प्रादेशिक कार्यालयका प्रमुख हरि जोशीले बिहिवार पनि २० बढी ट्याङ्करहरू नेपाल आउन थालेको बताए। पेट्रोलियम पदार्थको समस्या नभएको बताए। सुदूरपश्चिम प्रदेशका लागि सात दिनसम्म पुग्ने गरेर पेट्रोलियम पदार्थ मौजात रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply