You are currently viewing सुदूरपश्चिममा बाजुराबाहेक सबै जिल्ला कारागारका कैदीबन्दी भागे

सुदूरपश्चिममा बाजुराबाहेक सबै जिल्ला कारागारका कैदीबन्दी भागे

२५ भाद्र,२०८२ः जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमको बाजुराबाहेक सबै जिल्ला करागारमा रहेका कैदीबन्दी भागेका छन् । मंगलबार जेनजी युवाको प्रदर्शनका क्रममा सुरक्षास्थिथि नियन्त्रण बाहिर गएपछि प्रदर्शनकारीहरुले नै कारागारमै पुगेर कैदीबन्दीहरुलाई निकालेर भगाएका हुन् । बाजुरा बाहेकका सबै कारागारबाट कैदीबन्दी भागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बर विश्वकर्माले कैलाली कारागारका कम्तीमा पनि सात सयजनासहित ८ वटा कारागारबाट करिब १४०० कैदीबन्दी भागेको बताए ।


कञ्चनपुर कारागारमा रहेका ४७६ कैदीबन्दीमध्ये २२ जनाबाहेक सबैलाई प्रदर्शनकारीले निकालेर आफैूसँगै लगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले १३ पुरुष र ९ जना महिला कैदीबन्दीले आफूहरु कानुनको उल्लङ्घन गरेर नभाग्ने भन्दै बाहिर ननिस्किएको बताए । उनीहरु अहिले पनि कारागारमै बसिरहेका छन् ।

जिल्ला कारागार बझाङमा रहेका ८५ जना कैदीबन्दीमध्ये ६६ जना भागेका छन् भने अन्य कैदीबन्दी कारागारमै बसिरहेका छन् । भागेकामध्ये मंगलबार तीन र बुधबार दुई गरेर पाँच जना कैदीबन्दीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । यी बाहेकका प्रायस् जिल्ला कारागारका कैदीबन्दी भागेपछि कारागार नै खाली भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply