You are currently viewing सुदूरपश्चिम कराँते महासङ्घबाट पदक विजेता खेलाडी सम्मानित

सुदूरपश्चिम कराँते महासङ्घबाट पदक विजेता खेलाडी सम्मानित

१० श्रावण,२०८२ः सुदूरपश्चिम कराँते महासङ्घले १५ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कीर्तिमान कायम गर्ने र हालै श्रीलङ्कामा सम्पन्न ९औं दक्षिणएसियाली कराँते प्रतियोगिताका सुदूरपश्चिमका पदक विजेताहरू खेलाडीलाई नगदसहित सम्मान गरेकोछ। राष्ट्रपति रनिङ सिल्डमा ४०० मिटर दौडमा कीर्तिमान राख्ने खेलाडी संगीता बिकलाई नगद ५ हजार सहित सम्मान गरिएको हो। त्यसैगरी, लगातार १३औं १४औं र १५औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा तेक्वान्दो विधामा प्रथम स्थान हासिल गर्ने दीपा जैसीलाई पनि ५ हजार सहित सम्मान गरियो।सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिद लोक बहादुर खड्का रबिले पदक विजेता खेलाडीहरुलाई नगद सहित सम्मान पत्र हस्तान्तरण् गरेका हुन ।

श्रीलङ्कामा जुलाई २ देखि ६ सम्म आयोजना भएको ९औं दक्षिण एसियाली कराँते प्रतियोगितामा स्वर्ण पदक जित्ने मनीषा बोहरालाई २० हजार नगदसहित सम्मान गरिएको हो। उनले लगातार आठौं र नवौं संस्करणमा प्रथम स्थान हासिल गरेकी हुन्। अर्की स्वर्ण पदक विजेता आस्था लुहारलाई १५ हजारसहित सम्मान प्रदान गरियो।सोही प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने सोनिया तिरुवा र कन्चन बोहरालाई पनि सम्मान गरिएको छ। यसैगरी सम्मानित हुने प्रशिक्षकहरूमा वीरेन्द्र बहादुर चन्द र अशोक चन्द छन्। उनीहरूलाई जनही र ५ हजार नगद सहित सम्मान प्रदान गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply