१३ भाद्र २०८२ः मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। दिउँसोको समयमा प्रदेशका अधिकांश ठाउँहरूमा मध्यम खालको वर्षा हुने पूर्वानुमान गरिएको छ भने रातिको समयमा कोशी प्रदेशसँगै सुदूरपश्चिमका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।
महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार विगत १२ घण्टामा सुदूरपश्चिमसहित बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा समेत ठूलो पानी परेको छ।
भारी वर्षाका कारण साना नदी, खोला तथा नालाहरूमा एक्कासी पानीको बहाव बढ्न सक्ने भएकाले नदी तथा खोला किनारका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै, स्थानीय प्रशासन र विपद् व्यवस्थापन निकायहरूलाई पनि तयारी अवस्थामा रहन सुझाव दिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?