You are currently viewing सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री सवार गाडी एक आपसमा ठोक्किए

सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री सवार गाडी एक आपसमा ठोक्किए

१३श्रावण,२०८२ः सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री चढ्ने गाडी एक आपसमा ठोक्किएका छन् । मंगलबार कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडी एक आपसमा ठोक्किएका हुन् ।

सोही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि चिसापानी पुगेका छन् । मन्त्रीद्वय पाल र कार्की पनि त्यसतर्फ जाने क्रममा दुईवटा गाडी ठोक्किएका हुन् । कार्की चढ्ने से.१ झ ३३० र पाल चढ्ने बा.२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राज कुमार सिंहले  जानकारी दिए ।

घटना दिउँसो करिब सवा १ बजे भएका हो । उनका अनुसार गाडीमा क्षति भएको छ । तर, मानवीय क्षति भने नभएको उनले बताए । ठक्करबाट बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ । यस्तै से.१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply