मंसिर १६,धनगढी : यहि मंसिर २२ गतेदेखि कैलालीको धनगढीमा सुरु हुन गैरहेको १८औं संस्करणको सुदूरपश्चिम महोत्सवमा सहभागी हुने कलाकारको टुंगो लागेको छ । आइतबार आयोजक कैलाली उद्योग वाणिज्य संघले सामाजिक सञ्जाल मार्फत महोत्सवमा प्रस्तुती दिने कलाकार बारे जानकारी गराएको हो । कलाकारहरुको संयोजक भएर काम गरिरहेका मिलन कुँवरका अनुसार यसपटक महोत्सवमा नायक पल शाह, गायक प्रमोद खरेल, शिव परियार, राजु परियार, रामचन्द्र काफ्ले, बद्री पङगेनी, चक्र बम, टंक तिमल्सीना, रमेशराज भट्टराई, खेम सेन्चुरी, रामजी खाण, हिमाल सागर, चेतन बोहरा, सुनिल नेपाली, टेक बिसी, लालबहादुर धामी, विनोद बाजुरेलीको प्रस्तुती रहने जानकारी दिए ।

यस्तै, कलाकार यज्ञराज उपाध्याय, कोष खड्का, अविशेख खड्का, आरके थारु र सौगात ओझाको पनि महोत्सवमा आउने टुंगो लागिसकेको उनले बताए ।यस्तै गायीका अस्मिता अधिकारी, अनु चौधरी, जुनु काफ्ले, रेखा जोशी, रचना रिमाल, एलिना चौहान, अस्मिता दर्लाकोटी, अस्मिता जुरेली, अञ्जु कुस्मी, मञ्जु पौडेल, शोभा त्रिपाठी, अनिता चलाउने, शिलत शर्मा, एन्जिला रेग्मी पनि महोत्सवमा आउने कुँवरले जानकारी दिए ।

केहिदिन अघि मात्रै कैलाली उद्योग वाणिज्य संघले महोत्सवको तयारी बारे कार्यालयमै पत्रकार सम्मेलन मार्फत १८औं संस्करणको सुदूरपश्चिम महोत्सव बारे जानकारी गराएको थियो । यसपटक महोत्सवमा ५ सय ओटा स्टल रहने १५ करोड भन्दा बढीको कारोबार हुने आयोजकले जनाएको छ । महोत्सव सफल पार्न कैलाली उद्योग वाणिज्य संघले मुल आयोजक समिति तथा अन्य २९ वटा उपसमिति गठन गरेर महोत्सवको तयारीलाई तिब्रता दिएको छ । धनगढी उपमहानगरपालिका वडा न.१ पशुपति टोलमा आयोजना हुने महोत्सव हरेक वर्ष मंसिर २२ देखि पौष २ गतेसम्म सञ्चालन हुने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?